काठमाडौं । गुण्डा छुटाउन प्रहरी कार्यालय पुगेकी माननीय नबिना लामालाई अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले हप्काएर फिर्ता पठाएको खबर छ ।

काभ्रेबाट समानुपातिक कोटामा सांसद बनेकी नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नबिना लामासहितको टोलीले गुण्डा छुटाउन दबाब दिएपछि अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी सिंहले हप्काएर फिर्ता पठाएका हुन् । सांसद लामा सहित काभ्रे क्षेत्र नं १ का प्रतिनिधिसभाका सांसद गंगाबहादुर लामा ‘वनध्बज’ तथा काभ्रे क्षेत्र नं १ ‘क’ प्रदेशसभा सांसद रत्न ढकाल सहितको टोली काभ्रेली समूहमा क्रियाशिल ‘गुण्डा’ का रुपमा चिनिएका सत्यमान लामालाई छुटाउन माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेका थिए ।

गुण्डा लामाले ठमेलमा एक व्यापारीलाई ज्यानमार्ने धम्की दिएको उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । ब्यक्तिको घरमै गएर ज्यान गायव बनाउने धम्की दिएको उजुरी परेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । अपराध महाशाखाका अनुसार काभ्रे तिमाल स्थायी घर भई शंखमुल बस्दै आएका मान बहादुर तामाङ र उनकी दिदी जितमाया तामाङलाई ‘काट्छु–मार्छु’ भन्दै धम्की दिएको जाहेरी परेपछि उनी पक्राउ परेका हुन् । ब्यक्तिको घरमै गएर ज्यान गायव बनाउने धम्की दिएको उजुरी परेसँगै उनलाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीलाई दबाब दिन बिहीबार दिउँसो साढे १२ बजे सांसद लामा नेतृत्वको टोली महाशाखा पुगेको स्रोतका दावी छ ।

एसएसपी सिंहले अपराध नियन्त्रणका लागि प्रहरी सक्रिय रुपमा लागेको भन्दै आपराधिक क्रियाकलापमा सहभागि हुनेलाई उन्मुक्ति दिने गरी दबाब नदिन आग्रह गर्दै सांसदहरुको टोलीलाई हप्काएसँगै उनीहरु फिर्ता भएका थिए । एसएसपी सिंहले पक्राउ परेका सत्यमानका विषयमा अनुसन्धान भइरहेको र उनी दोषी ठहरिए कानून बमोजिम कारबाही गर्ने पनि महाशाखा पुगेका सांसदहरुको टोलीलाई जवाफ दिएका थिए । उनले ज्यानमार्ने धम्कीको आरोपमा पक्राउ परेका उनलाई छोड्न अदालतको आदेश ल्याएर देखाउन पनि चुनौती दिएका छन् ।

अनेरास्वबियुकी पुर्व अध्यक्षसमेत रहेकी नेकपाकी नेत्रीले लामाले आफु प्रधानमन्त्री नजिकको भएकोले घटनाको बिवरण प्रधानमन्त्रीलाई समेत जानकारी गराएको र उनलाई छुटान प्रधानमन्त्रीले आफुलाई पठाएको भन्दै लामालाई छोडनुपर्ने निर्देशात्मक दवाब दिएकी थिईन । तर एसएसपी सिंहले आफू कानून रक्षाका लागि खटिएको सिपाही रहेको भन्दै कसैको भनसुनका आधारमा अपराधीलाई छोड्न नसक्ने बताएका थिए स्रोतले भन्यो । ठमेलमा गुण्डागर्दी गदै आएका सत्यमान आपराधिक क्रियाकलापमा संलग्न काभ्रेली समुहका सहयोगी हुन । उनलाई अपराध अनुसन्धानको टोलीले मंगलबार ठमेलबाट पक्राउ गरेको थियो ।

ठमेलमा ब्याबसाय गदै आएका काभ्रे तिमाल– ६ का मानबहादुर तामाङलाई ज्यान मार्ने धम्की दिएको आवाजसहितको उजुरीको आधारमा अपराध अनुसन्धानको टोलीले ठमेलबाट उनलाई पक्राउ गरेको थियो । उनलाई सार्वजनीक अपराध ऐन अन्र्तगत मुद्धा चलाईएको छ । काभ्रे तिमाल–६ का सत्यमानलाई एकमहिना पहिले महानगरीय प्रहरी परीसर काठमाडौले पक्राउ गरेको थियो । उनै सांसद नविना लामाको दवाबमा तत्कालीन प्रहरी प्रमुख विश्ब पोखरेलले मुद्धासमेत दर्ता नगरी उनकै जिम्मा लगाएर पठाएका थिए । काभ्रेमा बुद्घचित्तको मालामा लफडा र झैझगडा गर्ने सत्यमान लामा पटक पटक विवादमा आइरहन्छन् ।

पछिल्लो समय ‘क’ श्रेणीका गुण्डा नाइके दावा लामाले काठमाडौं छाडेपछि उनको कारोबार काभ्रेली समूहका सत्यमानले सम्हाल्दै आएका थिए । नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएका सत्यमान लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेपछि गत असार २८ गते प्रहरीले पक्राउ गरेको थियो । तर, पूर्व विद्यार्थी नेत्री तथा सांसद नविना लामाले छुटाएकी थिइन् । पछिल्लो समय प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै लामाले काठमाडौं छाडेका थिए ।

दावा काठमाडौं छाडेर भारतको सिक्कीममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइएको छ । (भदौ १७ गते) शनिवार दावा लामा लाई पनि भारतीय प्रहरीले फेक करेन्सी मुद्धामा इन्दिारागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यसअघि नेपाल प्रहरीले उनलाई रक्तचन्दन तस्करीमा पक्राउ गरेर कारावाही गरेको थियो ।


तपाईको प्रतिक्रिया