काभ्रे । हेलम्बु गाउपालिका बर्ष ४७ का विष्णु कटुवाललाई अपहरण मुक्त भएका छन् । इलाका प्रहरी कार्यलय बनेपाले उनलाई अपहरण मुक्त गराएको हो ।

भक्तपुरको सल्लाघारीबाट अपरिचित ब्यक्तीहरुले निलो रंगको ट्याक्सीमा राखि जबरजस्ती नालाको बाटो हुदै काभ्रे तर्फ लिएर हिडेको भन्ने जानकारी प्राप्त भएसँगै प्रहरीले उनीहरलाई पिछा गरेको थियो ।

इलाका प्रहरी कार्यलय बनेपाको इन्सपेक्टर  सुनिल जंग शाहको टोलीले धुलिखेल न.पा ५ चौकोटबाट उनलाई अपहरण मुक्त गरेको हो ।  प्रहरीले कटवालालई अपहरण गर्न प्रयोग गरिएको  बा.५.च ८७३५ नं को प्राईभेट कार ,बा.७८.प ५०५ नं को मोटरसाइकल र बा.३४.प ५०० नं स्कुटी सहित विहिवार ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका बडा नं. १ का  बर्ष २३ को दिपक भुजेल,काभ्रे जिल्ला नमोबुद्द नगरपालिका वडा नं. १० बस्ने बर्ष ४० को राजन घिरासैनी, सर्लाही घर भई बनेपा बस्ने बर्ष २६ को कृष्णहरी अधिकारी,सिन्धुपाल्चोक सुनकोशी गाउपालिका वडा नं. ५ घर भई सुर्यबिनायक बस्ने बर्ष २९ को रामेश्वर सिलवाल, मकवानपुर पालुङ ७ बस्ने बर्ष ४२ नकुल कार्की (गाडी चालक ) रामेछाप खाडादेबी गाउपालिका वडा नं. १ बस्ने बर्ष ३५ को टेक बहादुर विक, काठमान्डौ महानगरपालिका वडा नं. २८ बस्ने बर्ष ४२ को धननारायण तण्डुकार र सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउपालिका वडा नं. ५ घर भई हाल मकवानपुर बस्ने बर्ष २८ को रन्जन सिलवाल रहेका छन् ।


तपाईको प्रतिक्रिया