
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चारदिने भ्रमणका लागि आज अपरान्ह भारत जाँदै हुनुहुन्छ ।
भारत सरकारको औपचारिक निमन्त्रणामा उहाँ चारदिने भ्रमणका लागि नयाँदिल्ली जान लाग्नुभएको हो । पार्टी एकता भएपछिको दाहालको यो पहिलो भारत भ्रमण हो ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय उच्च राजनीतिक नेतृत्वको निरन्तर भेटवार्ता भइरहेका बेला भारतले दाहाललाई बोलाएको हो । अध्यक्ष दाहालले भारत भ्रमणका क्रममा द्धिपक्षीय सम्वन्धलाई थप बिकास गर्न र विकासमा सहयोग गर्न आग्रह गर्ने बताउनुभएको छ ।
दाहाल दिउँसो ३ बजे भारत जाने प्रेस संयोजक विष्णु सापकोटाले बताएका छन् । भ्रमणका क्रममा दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका उच्च राजनीतिक नेतृत्व र नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
भ्रमण सकेर दाहाल भदौ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।