बनेपा  । अरनिको र बिपी राजमार्गमा गन्र्धव नौला थिए । पृथ्वी राजमार्गका चोकचोकमा यात्रुवाहक सवारी साधनमा चढेर खुसी र वियोगका गित सुनाएर गन्र्धवहरुले आफ्नोसँगै परिवारको पेट पाल्ने गर्दथे । पृथ्वी राजमार्गमा यात्रुवाहक सवारी साधनहरु विशेषत उनीहरुको आम्दानीको प्रमुख स्रोतको रुपमा रहेका साना सवारी साधनको संख्या घटेपछि पृथ्वी राजमार्गका गन्धर्व बिपी र अरनिको राजमार्गमा बसाई सर्न थालेका हुन् ।

पृथ्वी राजमार्गमा सवारी साधनसँगै सारङ्गी बजाउने गन्र्धवहरुको चाप बढेसँगै पुर्खाैली पेशा जोगाउन उनीहरु बिपी र अरनिको राजमार्गमा छिरेका हुन् । ‘काठमाण्डौं आएको बखत काभ्रेतिर आएर गित बजाउँदा एकैदिन चार हजार कमाई भएपछि यतै काम थालेको छु’भिम गन्र्धवले सुनाए । काठमाण्डौंवाट थानकोटभन्दा धेरै रुट कोटेश्वरतिर देखेपछि राम्रो कमाउने आशामा अरनिको राजमार्गमा सरेको भिमले सुनाए ।

धुलिखेल बसपार्कमा भेटिएका भिमले दैनिक तीन हजारसम्म कमाई हुने गरेको सुनाए । भिमसँगै उनको चारजनाको गन्र्धव टोलीले अरनिको र बिपी राजमार्गमा गित सुनाएर यात्रुहरुलाई मनोरञ्जन दिने काम गरेको छ । भिमले १५ बर्ष निरन्तर पृथ्वी राजमार्गको चोकचोकवाट गाडीमा चढेर गित सुनाएका थिए ।

काठमाण्डौंवाट गित सुनाउँदै बिपी राजमार्गको बतासेसम्म पुगेका शिव गन्र्धवले धादिङमा गित गाउँदै गर्दा आम्दानी घटेपछि बिपी राजमार्गमा आएर सारङ्गि रेट्दै गित गाउन थालेको बताए । उता,धेरै गन्र्धव भएको र यताको रुटमा राम्रै आम्दानी हुनेभएपछि बिपी राजमार्गमा सेवा सुरु गरेको शिवले बताए । ‘हाम्रो पेशानै गित गाउने जता राम्रो आम्दानी हुन्छ उतैतिर गएका हौ ।’बिपी राजमार्ग र अरनिको राजमार्गको लामो छोटो दुरीमा गन्र्धवले गित गाउन थालेपछि यात्रुहरु पनि खुसी छन् । यात्रामा गन्र्धवले गित गाँउदा छिटो र आनन्दित महसुस भएको सिन्धुली झागाझोलीका रतन कोईरालाले सुुनाए ।

गन्र्धवहरुले गाडीमा चढेर गित गाउने भएपछि यात्रुवाहक सवारीका चालक तथा सहचालकहरुले उनीहरुको भाडा लिने गरेका छैनन् । ‘गन्र्धवले गित गाँउदा राम्रौ मनोरञ्जन हुनेभएकाले यात्रुहरुको सन्तुष्टिका लागि आफूहरुले भाडा नलिने गरेका छैनौ’ हायस माईक्रोबसका चालक सुर्वण बिष्टले सुनाए । यात्रुहरुले गन्र्धवको माग गरेसँगै चालक तथा सह–चालकले गन्र्धवलाई सम्पर्क गरेरै भएपनि सेवाको लागि बोलाउने गरेका छन् ।


तपाईको प्रतिक्रिया