(केशवराज पौडेल) मण्डन, महादेवस्थान । भुपाल दाहाल,जन्मभुमी झापा जिल्लाको गौरादह नगरपालिका भएपनि कर्मको क्षेत्रले काभ्रेको मण्डन देउपुरकै हुनुहुन्छ । उमेरले ४० को दशक टेकेका भुपाल दाहालले मण्डन देउपुरको शैक्षिक विकासमा यस्तो योगदान दिएका छन् त्यो कसैले पनि भुल्न सक्दैन । मण्डन देउपुरको उत्कृष्ट शैक्षिक गन्तव्य लिटिल स्टार माविका प्रिन्सिपल दाहालले धेरै विद्यार्थीहरु शिक्षा प्रदान गरेका छन् । विशेषतः उनले दिएको अंग्रेजी शिक्षा ग्रहण गरेर धेरै विद्यार्थीहरु अमेरिका र युरोपमा अध्ययन गरिरहेका छन् ।

१८ बर्षदेखि लिटिल स्टार माविमा अध्यापन गराईरहेका विद्यार्थीमात्रै हैनन् विद्यार्थीका अभिभावक समेत दाहाललाई मण्डन क्षेत्रकै उत्कृष्ट शिक्षाकर्मीको दर्जा दिईरहेका छन् । सबैसँग मिठो मुस्कानले बोल्ने दाहालले अहिलेसम्म कसैलाई चिडाउने काम गरेका छैनन् । रगत मासुको शरिर स्वस्थ्य जीवनयातन गरिरहेका दाहाल २०६६ वैशाकमा एक्कासी बेहोस हुन पुगे । राती सुतिरहेको समयमा बेहोस भएका उनलाई तत्कालै उपचारको लागि बिर अस्पताल भर्ना गरियो ।

छोराछोरी साना थिए सबैको आशा र भरोसा उनैमाथि थियो । विर अस्पतालमा भर्ना गरिएका दाहालको रोग पत्ता लागेन । नेपालमा ठूलाठूला अस्पतालवाट रोग पत्ता लाग्न नसकेपनि उनी भारतमा उपचारका लागि पुगे । उनको रोग पत्ता लाग्यो । उनलाई ब्रेन ट्युमर भएछ । नेपालका नाम चलेका डाक्टरहरुले उपचार गर्न नसक्ने बताएपछि भारतको एपोलो अस्पतालमा उनले उपचार भयो । उनको श्रीमती बेदमाया लुईटेलसँगै उनको परिवार र उनले अध्यापन गराएका सयौं विद्यार्थीले भगवानसँग गरेको प्रार्थना सार्थक भयो । दाहालले पुर्न जीवन पाए । सोही बेला ३० लाख भन्दा धेरै खर्च भयो । दुखसुख गरेर जोडेको सम्पत्ति र सुन बेचेर परिवारले दाहालको उपचार गराए । उनीहरुले कसैसँग पनि सहयोग मागेनन् । दुख सुख गरेरै भएपनि उपचार गराए । त्यसपछि उनी पुनः शिक्षण पेशामा रमाउन थाले । मण्डन भेगकै पहिलो अंग्रेजी शिक्षा दिने विद्यालयको रुपमा रहेको लिटिल स्टार अंग्रेजी माविको प्रअको जिम्मेवारी लिन पुगे ।

उनी ८ बर्षसम्म सामान्यनै जीवनयापन गरिरहेका थिए । २०७४ पौषमा पुनः बिरामी परे । २२ दिनको लामो र खर्चिलो ग्राण्डी अस्पतालको बसाईपछि उनको पुनः ब्रेन ट्युमरको शल्यक्रिया सफल भयो । त्यतीबेला प्याब्सन काभ्रे र लिटिल स्टार माविले २÷२ लाख सहयोग ग¥र्याे । उपचार राम्रै भैरहेको थियो । शल्यक्रिया गरेको ठाँउमा ईन्फेक्सन भएपछि उनी थलिए । हिड्नको कुरा परै जाओस् भुपाल सर बोल्न, खान नसक्ने भए । पाईपाको सहाराले उनलाई खुवाउन थालियो । केही महिनादेखि अस्पताल घर गरिरहेका भुपाल सर राम्रो उपचार पाएमा उठ्न सक्ने चिकित्सिकले बताएका छन् तर बिडम्बना भुपाल सरको श्रीमती र परिवारसँग स्वस्थ्य श्रीमान् छैनन् । उनीहरुसँग भएको सबै रकम उपचारमा खर्चिएका छन् । सम्पत्ति बेचेर उपचार गराउने श्रोतनै छैन । त्यसैले सहयोगीहरुको सहयोग उनको परिवारले खोजीरहेको छ । ट्युमरको समस्या समाधान भएसँगै भुपाल सरलाई अहिले प्यारालाईसिस भएको छ । उहाँजस्तो धेरैको उपचार थेरापीवाट भएको अनुभव थेरापिष्टहरु बताउँछन् ।

भुपाल सरको श्रीमती बेदमाया लुईटेलले उहाँले पढाउनु भएका विद्यार्थी ईष्टमित्र, सहयोगीदाताहरुलाई सहयोग गरिदिनु हुन अनुरोध गर्नु भएको छ । हामीले सकेको समयसम्म उपचार गराऔं अब उपचार गराउन सक्ने अवस्था छैन सहयोगीको खोजीमा हामी छौ ।
भुपाल सरको परिवारले उहाँलाई घरमै लाने कुरा गर्नु भएको छ । उहाँलाई उपचार पाएमा निको हुन सक्ने डाक्टरहरुले बताउँछन् । थप उपचार गराउन आर्थिक अभावको कारणले उपचार गराउने सक्ने अवस्था नभएपछि सहयोगको याचना गरेको भुपाल सरको श्रीमती बेदमाया लुईटेलले बताउनु भयो । उहाँको देव विकास बैंक पाँचखालमा रहेको खाता नं १०११०६९३०००२०२ मा सहयोग रकम जम्मा गरिदिनु हुन सबैलाई अनुरोध अनुरोध गर्नु भएको छ ।भुपाल सरले मण्डन देउपुर क्षेत्रमा छर्नु भएको शिक्षाको ज्योती र सामाजिक कार्यलाई सम्झने नभएर यतिबेला सहयोग गर्ने बेला आएको छ । आउनुस् भुपाल सरलाई उपचार गराउन हामी सबैले सहयोग गरौं ।


तपाईको प्रतिक्रिया