धुलिखेल । अरनिको राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिकाको जिरो किलोमा बा १२ च २८८६ नंम्बरको बोलेरोले पैदलयात्रीलाई ठक्कर दिद १ बृद्धको मृत्यु भएको छ ।

मृत्युहुनेमा पाँचखाल १३ नं वडाको ६७ बर्षिय सन्तमाया तामाङ रहेको प्रहरीले जनाएको छ । बोलेरोले बेलुका ७ बजेतिर ठक्कर दिदा घाइते तामाङको उपचारको लागि धुलिखेल अस्पताल ल्याउदै गरेको अवस्थमा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेरो चालक मण्डनदेउपुर नगरपालिका १२ बस्ने राम कुमार पराजुली र गाडी प्रहरीको नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यलय काभ्रेले जनाएको छ ।


तपाईको प्रतिक्रिया