धुलिखेल ।  सरकारले तोकेको पारिश्रमिक नपाएको भन्दै अखिल नेपाल होटल तथा रेस्टुरा मजदुर संघ काभ्रे आन्दोलनमा होमिएको छ ।
संघका जिल्ला अध्यक्ष रामगोपाल भुजेलका अनुशार सरकारले तोकेको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० र सेवासुविधाको माग गर्दै संगठन आन्दोलनमा उत्रिएको हो ।

संगठनले आफ्ना १७ बुँदे माग पत्र जिल्लामा स्थित होटल तथा रेस्टुरामा बुझाउँदै सरकारको ध्यानाकर्षण गराएको हो । मागपत्रमा मजदुरहरुको एक लाखसम्मको स्वास्थ्य विमा, श्रमऐन अनुशार तलब तथा सुविधा,१० प्रतिशत संचयकोष, ८ घन्टाभन्दा बढि काम लगाए डेडी पारिश्रमिक,तलबको २५ प्रतिशतले हुन आउने रकम बराबर घरभाडा एवं स्थानिय भत्ता व्यवस्था लगायतका मागहरु राखेको छ ।

त्यसैगरी संगठनले ७ लाखसम्मको मजदुरहरुको दुर्घटना विमा, कम्चीमा पनि एक बर्षमा एक पटक स्वास्थय परिक्षण, तलब भत्ता बैकिंङ कारोबार मार्फत गरियोस्लगायतका मागहरु राखेको हो । संगठनले मजदुरहरुलाई काममा लगाएकै दिनदेखि स्थायी नियुक्तिपत्र दिनुपर्ने लयागतका मागहरु समेत राखेर होटल संचालकहरुलाई मागपत्र बुझाएको हो ।

माग पत्र


तपाईको प्रतिक्रिया