बनेपा । दैनिक जीवनमा अत्यावश्यक रहेको मिनिरल वाटरमा बिचौलियाको विगविगीहुँदा उपभोक्ताले उत्पादनको भन्दा तिनगुणा धेरै मूल्य तिर्न बाँध्य बनेका छन् । सरकारी संयन्त्रवाट नियमित अनुगमनको अभाव, बिचौलियाको दवदवा र मिनिरल वाटर उत्पादक कम्पनीको आन्तरिक तिव्र प्रतिस्पर्धाको सिकार भने उपभोक्ता परेका छन् ।

मिनिरल वाटर उत्पादक कम्पनीले ९ रुपैया लगानीमा उत्पादन गरेर बजारसम्म पु¥याएको पानी बिचौलियाले सहजै २५ रुपैयामा बिक्री गर्ने गरेका छन् । सोही पानी तारे होटल र नाम चलेको रिर्साेटमा पुग्दा १ सय ५० रुपैयासम्म पर्ने गर्दछ । मिनिरल वाटरमा बिचौलियाको दवदवा रहेपनि जिल्ला प्रशासन कार्यालयमा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा हुने बजार अनुगमनमा मिनिरल वाटर उत्पादन कम्पनीको अनुगमन हुने भएपनि जनताले हरेक दिन हजारौंको संख्यामा प्रयोग हुने मिनिरल वाटर बोतलमा उत्पादक मूल्यभन्दा दोब्बर उपभोक्तावाट उठाउँदा अनुगमन हुन सकेको छैन । खानेपानी कम्पनीहरु बिचको अस्वस्थ्य प्रतिस्पर्धाले खानेपानी कम्पनीका लगानीकर्ता र उपभोक्ता मारमा पर्दा बिचौलियाले भने ब्रम्हलुट मच्याएका छन् ।

मिनिरल वाटर कम्पनीले समेत जनता ठग्न बदमासी गरिरहेका छन् । उनीहरुले खानेपानीको लेभलमा उपभोग्य मिती उल्लेख गरेपनि पानीको मूल्य भने निर्धारण गरेका छैनन् । उनीहरुले पाउने अनुज्ञापत्रमा पानीको मूल्य अनिवार्य रुपमा निर्धारण गर्नु पर्ने व्यवस्था रहेपनि बिचौलियाको दवावमा उनीहरु लेभलमा मूल्य निर्धारण गरेकै हुँदैनन् । काभ्रेमा मात्रै सातओटा मिनिरल वाटरका कम्पनीहरु रहेका छन् । सातओटा मिनिरल वाटरको कम्पनीले दैनिक २ हजार ५ सय कार्टुन पानीको उत्पादन गरेर बजारमा लाने गरेको छ । एक कार्टुन पानीको व्यापारीलाई उत्पादकले १ सय २० रुपैयामा उपलब्ध गराउने गरेका छन् । तर सोही पानी व्यापारीले उपभोक्ताले भने २५ रुपैया तिरेर खानुपर्ने बाँध्यता रहेको छ । काभ्रेमा दैनिक सातओटा मिनिरल वाटर कम्पनीवाट ३० हजार बोतल पानीको उत्पादन हुने गरेको छ ।

एक बोतलमा १५ रुपैया नाफा खाने बिचौलियाले काभ्रेमा मात्रै दैनिक ४ लाख ५० हजार उपभोक्तावाट उठाईरहेका छन् । मिनिरल वाटर कम्पनीमा एक बोतल पानी उत्पादन गर्न बोतल र बोतलको बिर्काेको ५ रुपैया ५० पैसा व्यापारीले तिर्नु पर्छ । बोतलमा आवश्यक रहेको लेभललाई ५५ पैसा तिर्ने उनीहरुले बाकसकै १८ रुपैया तिर्ने बाँध्यता छ । कर्मचारी पानी र ढुवानीमा समेत गर्दा एक बोतल पानीको ९ रुपैया पर्छ तर बजारमा अत्याधिक प्रतिस्पर्धाको कारण १० रुपैयामै पानी बेच्ने बाँध्यता व्यापारीहरुलाई रहेको छ । झट्ट हेर्दा मिनिरल वाटरमा लगानीकर्ताहरु फाईदा देखिन्छन् ।

मिनिरल वाटरमा आवश्यक रहेको बोतल, पानीको बिर्काे र पानीको उत्पादन तथा बाकसहरुमा प्याकिङ गरेर बजारमा उत्पादकहरुले एक बाकस पानीलाई १ सय २० रुपैयामा बिक्रेताहरुको माझमा पु¥याउने बाँध्यता रहेको व्यवसायीहरुनै बताउँछन् । एक बाकस पानीमा १२ ओटा पानी हुन्छन् । एक बाकस पानीको १ सय २० रुपैयामा किन्दा एक बोतल पानी व्यापारीले १० रुपैयामा किन्ने गर्दछन् । उद्योगीहरुले एक बोतल पानीमा मुस्किलले १ रुपैयाभन्दा धेरै नाफा समेत खान सकेका छैनन् । उद्योगमा करोडौं लगानी, बोतल,कर्मचारी, ढुवानीमा खर्च गरेर १० रुपैयामा थोक व्यापारीलाई पु¥याएको पानीमा व्यापारीले एक बोतल १५ रुपैयासम्म नाफा गर्दै २५ रुपैयामा बिक्री गर्ने गरेका छन् । काभ्रेमा रहेका मिनिरल वाटर कम्पनीवाट मात्रै दैनिक ४ लाख ५० हजार रुपैया बिचौलियाले कमाईरहेका छन् ।

काभ्रेमा थोरै नाफामै मिनिरल वाटर कम्पनी संचालकहरुले व्यापारीहरुलाई पानी उपलब्ध गराउने गरेका छन् । ‘सुरुमा लगानी भैसकेको हुन्छ, अब उत्पादन भएको पानी जसरी भएपनि कटाउनै पर्ने भएकाले थोरै मूल्यमा दिन बाँध्य छौ’ एक मिनिरल वाटर कम्पनी संचालकले भने । बजार नियमित रुपमा अनुगमन नहुँदा पानीमा व्यापारीहरुको ब्रम्ह लुट कायम भैरहेको छ । पानीमा लगानी गरौ भनेर सेवाको भावना बोकेर हिडेका मिनिरल वाटरका लगानीका कम्पनीका लगानीकर्ताहरु करोडौ रुपैया लगानी समेत घाटामा पारेर उद्योग समेत बन्द गर्ने अवस्थामा पुगेका छन् । काभ्रेमा लामो समयसम्म संचालन गरेर साईनो खानेपानी बन्द भएको छ । धेरै लगानी र कम प्रतिफलका कारणले साईनो खानेपानी बन्द भएको उद्योगका लगानीकर्ताहरुले बताएका छन् ।


तपाईको प्रतिक्रिया