बनेपा । टिपर चालक तथा सहचालकहरुले सरकारले रातीमात्रै उपत्यकामा टिपर संचालनको नियम लागू गरेपछि परिवार भेट्न पाएकै छैनन् । साउन १ देखि सरकारले उपत्यकामा साँझको ८ बजे छिर्ने र बिहान ५ बजे रोक्ने प्रकृया सुरु गरेपछि परिवार भेट्न पाउने अधिकारवाट बंञ्चित बनेका हुन् ।

बेथानचोक खबर डकटमसँग बागमती टिपर व्यवसायी संघका अध्यक्ष शेरबहादुर कुँवरले गरेको बिशेष कुराकानीमा सरकारले नागरिकको परिवारसँग भेट्न पाउने अधिकारवाट बञ्चित गरेको बताए । काठमाण्डौं शहरमा छोराछोरी पठाउने र कम्तिमा परिवारलाई रातको समयमा मात्रै भएपनि भेट्न पाउने आशामा छोराछोरी पठाउन शहर राखेका धेरैले परिवारलाई भेट्न नपाएको धेरै दिन भएको गुनासो आफूलाई गर्ने गरेको बताए ।

विदेशमा केही पैसा कमाएर नेपालमै केही गरौ भन्ने महान अभिलाषाले नेपाल फर्किएका स्वरोजगार मजदुरहरुको अवस्था परिवारलाई भेट्न नपाउँदा व्यापारवाटै पलायन हुने खतरा बढेको अध्यक्ष कुँवरले बताए । उनले रातको समयमा मात्रै टिपर संचालन गर्न पाउनु भनेको अन्तिम विकल्प नरहेको समेत बताए ।


तपाईको प्रतिक्रिया