काठमाडौं । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘दि भ्वाइस’ को नेपाल संस्करण सर्वाधिक पुरस्कार राशी सहित ‘दि भ्वाइस अफ नेपाल’ को अडिसन सुरु भएको छ । अनलाइन डिजिटल अडिसनबाट छनौट भएका प्रतिश्पर्धीलाई समेटेर ब्लान्ड राउण्ड सुरु गरिएको हो ।

कान्तिपुर टेलिभिजन र डिस होमको रमाइलो टिभी मार्फत प्रशारण हुने गायन रियालिटी शो नेपालमा हाल सम्मकै सर्वाधिक पुरस्कार राशीको फ्रेन्चाइज शो हो । यो प्रतियोगिताको विजेताले ब्राण्डडेड कार, २५ लाख रुपैया नगद र २० लाख रुपैया बराबरको एल्बम कट्याक्ट सहित वर्ड टुर हात पार्नेछन् ।

विश्वमा सर्वाधिक रुचाइएको गायन रियालिटी शो को नेपाली संस्करण दि भ्याइस अफ नेपालको डिजाइन निकै नौलो छ । यसको स्टेज डेकोरेशन देखि प्रतियोगि छनौटको शैली अनि कोचको भूमिका निकै निकै आकर्षक छ । भ्वाइस अफ नेपाल कार्यक्रम छायांकनका लागि काठमाडौंको महाराजगञ्जस्थित धुम्बाराहीमा नेपालकै ठूलो र सुविधासम्पन्न स्टुडियो निर्माण गरिएको छ ।

प्रतियोगिताको विजेताले ब्राण्डडेड कार, २५ लाख रुपैया नगद र २० लाख रुपैया बराबरको एल्बम कट्याक्ट सहित वर्ड टुर हात पार्नेछन् ।

कोचको रुपमा दीप श्रेष्ठ, सोनुप पौडेल, प्रमोद खरेल र अभया शुब्बा ४ जना छन् । अडिसनमा प्रतियोगिको गायन मन पराएपछि उनीहरुले राम्रो गायकी भएका प्रतियोगीलाई आफ्नो टिममा पार्नुपर्ने शो को नियम छ । प्रतियोगिले यी ४ मध्ये जसलाई आफ्नो कोचको रुपमा रोज्छन् तीनैले उनलाई अघि बढाउने जिम्मेवारी पाउनेछन् । यो अडिसनमा प्रतियोगिको स्वरलाई मन पराएर कोचले फैसला लिएपछि मात्र प्रतियोगिको अनुहार देख्न पाउनेछन् । गायन अबधिभर कुनैपनि कोचले रोटाटिङ चेयरको बटम नथिचेमा वा कुर्सी आफुतिर नघुमेमा ती प्रतियोगि स्वत अडिसनबाट वाहिरिएको डहरिनेछ ।

कोचको रुपमा दीप श्रेष्ठ, सोनुप पौडेल, प्रमोद खरेल र अभया शुब्बा ४ जना छन् । अडिसनमा प्रतियोगिको गायन मन पराएपछि उनीहरुले राम्रो गायकी भएका प्रतियोगीलाई आफ्नो टिममा पार्नुपर्ने शो को नियम छ । प्रतियोगिले यी ४ मध्ये जसलाई आफ्नो कोचको रुपमा रोज्छन् तीनैले उनलाई अघि बढाउने जिम्मेवारी पाउनेछन् ।

अनलाइन अडिसनबाट छनौट भएका प्रतियोगीलाई ब्लान्ड अडिसन मार्फत आफ्नो टिममा ल्याएर अघि बढाउने गरी संगीतका ४ जना हस्तीहरुलाई कोचको रुपमा प्रस्तुत गरिएको हो । त्यसैले पनि यो शो मा गायन प्रतियोगितामा सहभागीको मात्रै नभई कोचको विचमा पनि प्रतिश्पर्धा हुने देखिन्छ ।

ब्लान्ड अडिसन मार्फत आफ्नो टिममा ल्याउन सफल प्रतियोगीको गायकीलाई अझ निखारेर विजेता बनाउने चुनौति कोचहरुमा छ । यी चार कोचको पछाडि सल्लाहकारका रुपमा अन्य ४ जना कोच समेत राखिएको छ । तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । पर्दा अघि र पछिका गरी दुई जना कोचले झण्डै ४ महिना लगाएर निखारेको आवाजनै अन्तिममा विजेता बन्नेछ ।

कार्यक्रमको फम्र्याट अनुसार ब्लान्ड राउण्डमा छानिएका प्रतिश्पर्धीले बाटेल राउण्डमा एउटै ग्रुपमा दुई जनाले एउटै गीत गाउने र कोचले दुई मध्ये उत्कृष्ट एकलाई अगाडि लैजानुपर्ने नियम छ ।

नेपाल आइडलको पहिलो संस्करणलाई निकै चर्चामा पुर्याउन सफल निर्देशक लक्ष्मण पौडेल यो शो को निर्देशन हुन् । त्यस्तै पहिलो नेपाल आइडलका कार्यक्रम सञ्चालक सुशिल नेपाल यो शो को कार्यकारी प्रस्तोताको रुपमा छन् ।

विश्वका १९५ देश मध्ये १९१ देशमा यो शो ले लोकप्रियता पाइसकेको दि भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले बताए ।

यो शो को सुरुवात द भ्वाइस अफ होल्याण्डबाट टेलिभिजनकर्मी जोन डि मोलले गरेका हुन् । हाल संसारका अधिकांश देशले यो शो को संस्करण निर्माण गरिरहेका छन् । विश्वका १९५ देश मध्ये १९१ देशमा यो शो ले लोकप्रियता पाइसकेको दि भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले बताए । दि भ्याइस छिमेकी देश भारतमा पनि निकै लोकप्रिय भएको गायन रियालिटी शो हो । संसारका सबैदेशमा यो शो एकै फरम्याटमा सञ्चालन भैरहेको छ ।


तपाईको प्रतिक्रिया