शेरबहादुर कुँवर
अध्यक्ष (बागमती टिपर व्यवसायी संघ)

खस्रा कुरा तिता लाग्लान् तर खस्रा कुरानै यर्थातमा आधारित हुन्छन् । केही समयअघिसम्म उजि नरम थिए । काभ्रे कोशीपारिका युवा व्यवसायी शेरबहादुर कुँवर तर पछिल्लो समय उनी खस्रा कुरा गदर्छन् । सरकारले टिपर व्यवसायलाई धराप पारेपछि उनी नरम आन्दोलनमा छन् तर बहसमा उनले खस्रा कुरा गर्न लागिसकेका छन् ।
अब सबैसाथीहरुलाई कडा आन्दोलनमा जानको लागि तयार रहन आग्रह गरिरहेका कुँवर १ हजारभन्दा धेरै सदस्य रहेको वागमती टिपर व्यवसायी संघको अध्यक्षको जिम्मेवारी बहन गरिरहेका छन् । उनै खस्रा कुरा गर्ने कुँवरसँग बेथानचोक खबर डट कमका सम्पादक केशवराज पौडेलले गरेको कुराकानीको संम्पादित अंश

 

० खासमा रातको समयमा टिपर संचालन गरेर जनताले राहतको महसुस गरेका छन् नी किन यसमै तपाईहरुको विरोध ?
– हामीले सरकारले सुरु गरेका रचनात्मक कामहरुलाई निरन्तर सहयोग गरिरहेका छौ । धेरैलाई लाग्ला हामीले विरोध गरिरहेका छौ । हाम्रो सर्मथन छ । तर अब सर्मथन रहिरहन भने सक्दैन । सरकारले हाम्रो मौनतालाई कमजोरी ठानेको छ । हामीले रातमा टिपर संचालन गर भन्दा गर्दैनौ भनेर सडकमा आएनौ नी ? कुनै पनि विरोधका कार्यक्रम संचालन गरेनौ नी ? सरकारले सुरुमै टाईम कार्ड लगायो के हामीले विरोध गरेका छौ । हामीले त्यसको स्वागत गरेका छौ, व्यक्तिगत रुपमा तथा संस्थागत रुपमा । त्यसको स्वागत हामी बागमती टिपर व्यवसायी संघले गरेको थियो । तर के रातमा टिपर संचालननै अन्तिम विकल्प हो त । एउटा मजदुरले आफ्ना छोराछोरी र श्रीमतीलाई महिनादिनसम्म भेट्न नपाउने उसको अधिकार कटौती भएकै हो त । यो मानव अधिकारभित्र पर्दैन ।

सबैलाई लाग्ला यि टिपरवालाहरुले कति धेरै विरोध गरिरहेका छन् । हामीले विरोध गरेका छैनौ, सरकारले भनेको जति कर तिरेर हामीले व्यवसाय संचालन गरिरहेका छौ । तर सरकारले हाम्रो माग समेत नसुनी आफ्नो एकलौटी रुपमा निर्णय गरेसँगै धेरै स्वरोजगार चालकहरुको घरखेत सकिने बेला भयो । यहाँ हाम्रो व्यवसायमा धेरै पैसा भएका करोडौ लगानी गर्न सक्ने मजदुरहरु छैनन् । हामीसँग थोरै पुँजी भएका र आफै स्वरोजगारमा संचालित व्यवसायीहरु रहेका छन् । हामीले अब दिउँसो गाडी चलाउन पाएनौ भने धेरै युवाहरु फेरि वैदेशिक रोजागारीको लागि खाडी मुलुक जाने अवस्था सृजना हुन लागेको छ । धेरैको घरवार विग्रदै छ । अब सरकारले सोचेन भने युवाहरुले आत्महत्याको वाटो रोज्ने समय आउन लागेको छ । के देशको लागि केही गरौ भन्ने युवाहरुलाई आत्महत्या गर्न बाँध्य बनाउनको लागि सरकारले निर्णय फिर्ता लिनु पर्दैन ।

युवाहरुले गरेको लाखौं रुपैया डुब्न नदिननै हामीले सुरुमा विकल्प दिन सरकार तयार होस् भनेरनै रचनात्मक विरोधमात्रै गरेका छौ । अब सशक्त विरोध विकल्प देख्दिन म त्यसैले त्यसको तयारी समेत हामीले गरिरहेका छौं । हामी मौन छौ हाम्रो मौनतालाई सबैले अब कमजोरी नठान्दानै राम्रो हुन्छ जस्तो लाग्छ ।

० टिपर व्यवस्थापननमा सरकारले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
– टिपर सबै कुरामा ठिक म आफै भन्न सक्दिन । अब टिपर सहज रुपमा २४ सै घन्टा सहज रुपमा संचालन गर्न पाउने माग हाम्रो पनि हैन । तर सरकारले व्यवस्थापनको नाममा बन्द गर्नुनै राम्रो कुरा हैन । के बन्दले मात्रै असली रुपमा सबै कुराको व्यवस्थापन होला त ? हुँदैन होला । व्यवस्थापनको पनि फरक फरक विधी रहेको छ । त्यो विधी हामी र सरकारका प्रतिनिधी बसेर बनाउन हामी तयारनै छौ ।

टिपरको मात्रै दोष थुपारेर नहोला । दुर्घटना के कारणले धेरै भैरहेको छ, त्यसको खोजी गर्नु आवश्यक रहेको छ । मोटरसाईकल र स्कूटर असाँध्यै धेरै टिपरसँग पर्ने ठोक्किएर दुर्घटना भएका छन् । सरकारले कम्तिमा मोटरसाईकल तथा स्कुटरको समेत दुर्घटनामा गल्ति छ की भनेर हेर्न आवश्यक रहेको छ । दोष लगाउनु मात्रै ठूलो कुरा हैन प्रमाणित गर्न सक्नु पर्ला ।

० टिपरलाई अनुशासनमा राख्नु टिपर व्यवसायीको दायित्व हैन र ?
– टिपर आफैमा अनुशासित छ तर हामीले टिपर चालकलाई अनुशासनमा राख्ने हो । त्यो हाम्रो दायित्व हो । हामीले त्यो दायित्व पुरा गरिरहेका छौ । राज्यले हामीलाई २१ बर्षमुनीका टिपर चालक नराख भन्छ । हामीले सरकारले कोड गरेको २१ बर्षमुनीका युवालाई गाडी चलाउन दिएका छैनौ । त्यस्तै सवारी चालक अनुमतीपत्र नभएका चालकहरुलाइ दिने कुरानै भएन । एकाध कसैले सिकाउने गरेको ठाँउ बाहेक हामीले कम उमेरका चालकहरुलाई सवारी साधन चलाउनै दिएका छैनौ । राज्यले उमेरको हदबन्दी कम्तिमा २५ बर्ष वा ३० बर्ष कायम गर्याे भने हामी त्यो मापदण्ड मान्न तयार छौ । राज्य यो कुरामा चुकेको छ की छैन ।

टिपरले दुर्घटना गरायो भन्दा पनि कम उमेरका चालक भएकै कारण दुर्घटना भयो भनेर सोच्ने की नसोच्ने सरकारले कम्तिमा डण्डा दिमागले सोच्नु पर्छ । हामीले संघमा आबद्ध भएका टिपरका चालकहरुलाई हरेक महिना सबै चालक राखेर हामी सम्झाउने गरेका छौ । राम्रा कुरा दुर्घटनाका बेफाईदाका कक्षा लिने गरेका छौ ।
मेरो व्यवसायमा समेत चालकहरुलाई नयाँ ट्राफिक नियमको बारेमा हामीले समय समयमा सम्झाउने गरेका छौ । वागमती टिपर व्यवसायी संघको म अध्यक्ष हुनुभन्दा पहिले र अहिले पनि चालकहरुलाई ट्राफिक महाशाखावाट प्रहरी ल्याएरै हामीले चालक तथा सहचालकहरुलाई तालिम समेत दिने गरेका छौ । जसवाट उनीहरुले धेरै कुरा सिक्ने मौका पाएका छन् ।

० वागमती टिपर व्यवसायी संघ दुर्घटना घटाउने टिपर र चालक जोगाउनै बनेको हैन र ?
– हामी व्यवसायीलाई परेको मर्का समाधान गराउने समन्वयकर्ता मात्रै हौ । हामीले टिपर जेसुकै गर परेको हामीले व्यहोरौला कहिल्यै भनेका छैनौ । यो हामीमाथि लागेको झुट्टा आरोप हो । दुर्घटना कहिल्यै नगराउ दुर्घटना कसरी कम गर्न सकिन्छ भनेर हामी सम्झाउने वर्गका हौं । के हामी मान्छे मार्न ठेक्का लिएर टिपर व्यवसायमा लागेका हौ । त्यो सोच र दृष्टिकोणवाट सरकार त मुक्त छैन भने आम जनताले कसरी फरक सोचिन । एउटा जो कोही स्वरोजगार व्यवसायीहरु व्यवसाय छाँडेर फिर्ता जाने अवस्थाको सृजना भने हामी कदापी हुन दिने छैनौ ।

० रातमा हैन दिउँसो सवारी चलाउन मिल्ने केही उपाय छ ?
हामीसँग उपाय कसरी हुने । राज्यले हामीलाई बन्द गर्छु भनेर बन्द गरेको पनि हैन । तर हामीसँग धेरै उपायहरु छन् । राज्यले वार्ताको वातावरण सृजना गरोस् हामी सवारीसाधन कसरी संचालन गर्ने हो त्यसको बारेमा समेत बोल्ने छौ । सरकारले कोड गर्न सक्छ कार्यालय समय निर्धारण गर्ने, चक्रपथमा नजाने हामी हिजो पनि गएको थिएनौ आज पनि जाने छैनौ । अहिलेसम्म हामीले टिपरहरु के के कुरामा सुधार ल्याउन सकेमा दिउँसो संचालन हुन सक्छ भनेर सरकारले भनोस हामी सुधार गर्न तयार छौ ।

एउटा कुरा सबै कुरा टिपरको मात्रै गल्ति भएको हो । एउटा चालकले सवारी अनुमतीपत्र लिने बेलामा सातओटा कक्षा लिन जरुरी रहेको छ । त्यो राज्यले सातओटा कक्षा दिन सकेको छैन । राज्यले सातओटा कक्षानै संचालन गरेको छैन । त्यो तत्कालै कक्षा संचालन गर्न जरुरी रहेको छ । त्यो सातओटा कक्षा पास गरेपनि चालक अनुमती पत्र पाएको चालकले दुर्घटना कम गराउँछ । त्यो दुर्घटना न्यूनिकरण गराउने उपाय हो । एक महिना हामी सडकमै बसेर कक्षा दैनिक लिन तयार छौ ।

० यत्रो तपाईहरुको दावी हुँदा पनि सरकार किन दिउँसो टिपर बन्द गर्न बाँध्य बन्यो ?
– मैले यसअघिनै भने सरकारले कारण र तत्वको खोजीनै गरेन । सरकारले दुर्घटनाको कारण र तत्वको खोजीनै गरेन । सरकारले कुनै पनि तनाव समेत लिन चाहेन । बन्दनै अन्तिम विकल्पको रुपमा सरकारले हेर्याे । सरकारले अझैपनि टिपरको कारणले दुर्घटना बढेको बताउँछ भने आयत रोक्नु पर्याे । क्रसर उद्योग दर्ता गर्नु भएन धेरै कुरा छन् नी ? तर कारण र तत्वको खोजी विनानै उत्साहटको भरमा सरकारले गलत निर्णय गरेको छ । यसलाई तत्कालै पुन विचार आवश्यक छ ।

० राजधानीमा दैनिक कति निर्माण सामाग्रीको आवश्यकता छ ?
– पुरै खपत भएको अवस्थामा दैनिक ५ हजार टिप आवश्यक रहेको छ । अहिले जब रातको समयमा मात्रै टिपर संचालन भएपछि आधा मात्रै सामान भित्रन सकेको छ । यसले कृत्रिम अभाव सृजना हुने,नीति तथा सरकारी निर्माणको क्षेत्रमा समस्या पारेको छ । हामी सकेसम्म गुणस्तर र सस्तो सुलभ दरमा नागरिकसम्मनै निर्माण सामाग्री पुयाउने छौ ।

० कृत्रिम अभाव सृजना गरेर ब्रम्हलुट भैरहेको छ रे नी टिपरवालाहरुको ?
राज्यले कोड गरेको यात्रुवाहक बसहरुले समेत राज्यले तोकेको भाडा लिएको छैन । धेरै लिदै आएको छ । राज्यले मापदण्ड बनाएको ट्रकले समेत तोकिएको भाडा लिएको छैन । ट्रकमा सरकारले विरगञ्जदेखि काठमाण्डांैसम्मको भाडा २४ हजार भनेको छ तर व्यवसायीले जम्मा १६ हजारमा ल्याएको छ । यो व्यापार भन्ने चिज सामान सहज बनाउनुहोस् भाडा घट्ने हो । सहज नबनाउनुस भाडा बढ्छ । किनभने माग अनुसारको आपुर्ती नमिल्दा मुखको भरमा भाडा निर्धारण हुन्छ । हामीले संघ र समितिवाट भाडा दर निर्धारण गर्न सक्ने अवस्था छैन । जसले सुरुमै माग गरेको हुन्छ त्यसको आधारमा हामीले सामान दिने हो । हामीले सामान किन्ने, त्यसमाथि बोक्ने र नाफा खाएर बेच्ने हो । त्यसमा किन्ने र बेच्ने बिचको समझदारी छ । त्यसको आधारमा तय भैरहेको छ ।

० सामान्य व्यक्तिले पनि टिपरलाई यमराज भन्छन् नी ? ओभर स्पिड, ओभरलोड र ध्वनी प्रदुषण किन धेरै गराएका होलान टिपरले ?
– म ध्वनी प्रदुषणवाट कुरा सुरु गर्छु । काठमाण्डौं उपत्यकामा हर्न नबजाउ भन्यो राज्यले के हामीले हर्न बजाएर हिडेका छौ त । हामीले मान्यौ त । तिन सुलीभन्दा धेरै हर्न नराख्ने भन्यो त्यो पनि हामीले मान्यौ त । स्पिडका कुरा । हामीलाई काभ्रेले टाईम स्पिड कम गर्न टाईम कार्डको व्यवस्था गरेपछि त्यो पनि हामीले मानेका छौ । हामीले कहाँ मानेनौ ।

हामीलाई कारवाही गर्नु प¥र्याे । प्रहरी प्रशासनले अनुगमन गर्नू पर्याे । भक्तपुरको रुटमा ओभर स्पिडहुँदा अरनिको राजमार्गमा ६० भन्दा धेरै गुडाउन नपाउने टिपरलाई कारवाही गर्दा हामी केही भन्न गएका छैनौ । सरकारले ४० को स्पिड निर्धारण गरोस् हामी मान्न तयार रहेका छौ ।सवारी चालकको लापरवाही भन्ने कुरामा राज्यले चालक उत्पादन गरेर दिनु पर्छ । राज्यले उत्पादन गरोस् हामी उहाँहरुलाई रोजगारी दिने छौ । राज्यले प्रमाणित गरेर दिनु पर्याे नी ।

० राज्यले चालक उत्पादन गर्ने केन्द्र खुल्नु आवश्यक होला नी ?
यो कामवाट सरकारपनि चुकेको छ । अब सवाल टिपरले मात्रै दुर्घटना गराउने भन्ने कुरा आएको छ । त्यसको सुक्ष्म रुपमा विश्लेषणनै भएको छैन । टिपरले मात्रै दुर्घटना गराएको भए धेरै घर लथालिङ बनाउनु पर्ने, बस हानेर बसलाई ध्वस्त बनाउनु पर्ने । दुर्घटना टिपरले गराएको छ कहाँ भन्दा मोटरसाईकल र स्कूटीमा । भनेपछि मोटरसाईकल र स्कूटीको कारण पनि खोज्नु पर्याे नी खै खोजी भएको । के दोष टिपरलाई मात्रै लगाउने हो ।

० भनेपछि दुर्घटना गराउने दुई पाग्रे हुन् टिपर हैनन, है न त ?
– हैन टिपरको गल्ति छैन भन्नुमा मै आफै गल्ति होउला । गल्ति कुन अवस्थामा छ भने हामीले खोजेको र छानेको जस्तो चालक पाउन सकेको अवस्थानै छैन ।
चालक नपाएपनि राज्यले कोड गरेको सवारी चालक अनुमतीपत्र पाएको चालकलाई हामीले राखेका छौ । अनि त्यहाँवाट गल्ति हुन जान्छ । टिपर आफैको त गल्ति हुँदैन होला । चालकवाटै गल्ति हुन्छ । चालक हामीले छान्न पाउनु पर्याे नी । हामीले चालक छान्न नपाउने गल्ति भैरहेको छ ।

० उमेर समुहको आधारमा कुन उमेर समुहका चालकले धेरै दुर्घटना गराउने गरेका छन् ?
– हामीले अध्ययन गरेर हेर्दा ३० बर्षभन्दा कम उमेर समुहका चालकवाटै दुर्घटना धेरै भएका छन् । ३० भन्दा उमेरका चालक टिपरमा आवश्यक रहेको छ । मेरो पाँच ओटा टिपर रहेका छन् । मेरो सबै टिपरहरुमा ३० बर्षभन्दा माथिकै चालकहरु राखेको छु । उनीहरुलाई दिने पारिश्रमिक दिने भत्ता दिने कुरामा आधार रहेको हुन्छ ।

० चालक अभाव भएकै हो त ?
– कामदार (मजदूर)को अभावमा यातायात व्यवसाय क्रमशः धरासायी हुँदै गएको छ । यात्रुबाहक बस, मिनीबस, मालबाहक ट्रक, टिपर, डोजरलगायतमा कामदारनै पाईदैन । अदक्ष व्यक्तिलाई काम सिकायो, दक्ष बनायो, सिप सिक्छन् त्यसपछि काम छोडेर विदेश गइहाल्छन् ।
पहिले गाउँबाट कामको खोजीमा सहर छिर्ने युवा जमात अहिले कामको खोजीमा विदेश जाने भएकाले यहाँ सहचालक बस्न रुचाउँदैनन् । सहचालकी काम खासै गाह्रो मानिँदैन । तर पनि पेशाको सम्मान नगर्ने बानीका कारण यहाँ यातायात मजदूरको अभाव बढ्दै गएको हो । उमेर नपुगेका बालबालिकालाई खलासी राख्न कानूनले दिँदैन ।

पढेलेखेका मानिस खलासीको जागिर खान मान्दैनन् । महिला कामदारले खलासी पेशा गर्न रुचाएको पाइँदैन । त्यसैले यातायात व्यवसाय धर्मसंकटमा पर्दै गएको छ । माध्यमिक शिक्षा पढ्न छोडेका विद्यार्थी र घरबाट भागेर कामको खोजीमा शहर छिरेका युवा यातायात क्षेत्रका कामदार हुन् । त्यसको अभावसँगै कामदारको पनि अभाव रहेको छ ।

० सरकारले तपाईहरुलाई रोक्ने केहीलाई सरासर काठमाण्डौ जाने व्यवस्था गरेको छ नी ?
– केही विशेष आधारलाईमात्रै दिएको हो भने राम्रो हो । तर यसरी पावरकै भरमा मात्रै दिने हो भने कमजोर चालकहरु मर्ने भए नी । पहँुच हुनेहरुले काम गर्ने अनि साना व्यवसायी र स्वरोजगार व्यवसायीहरु समस्या पर्नेछन् । हामी यही देशको नागरिक भएको हैशियतामा पँहुच हुनेले व्यवसाय गर्न पाउने र कमजोरले नपाउने भन्ने हुन्न । बिमस्टेकपछि पनि यो क्रम रोकियो भने आन्दोलनको विकल्पनै छैन । सरकारले हामीलाई राज्यको नागरिक हैन भन्नु पर्याे । राज्यले हामीलाईनै नागरिकको हैशियत दिदैन भने त्यसको विरोध हुन्छ ।


तपाईको प्रतिक्रिया