काभ्रेपलाचोक । प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजना तथा मण्डनदेउपुर नगरपालिकाको समन्वयमा सामुदायिक मेलमिलाप सम्बन्धि अभ्यास आदानप्रदान एवं अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका मेलमिलाप केन्द्रका वडा संयोजकले आफ्ना वडामा भएका मेलमिलाप सम्बन्धि गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईवा, उप प्रमुख निर्मला शाही, वडा नम्वर १ का वडा अध्यक्ष लक्ष्मण बस्ताकोटी, वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद ढकाल, ८ नं. वडाका वडा अध्यक्ष झलक प्रसाद पौडेल, ९ नं. वडाका वडा अध्यक्ष जित बहादुर लामा र १२ नं. वडाका वडा अध्यक्ष गोविन्द प्रसाद पराजुली, नगर कार्यपालिका सदस्य एवं न्यायिक समिति सदस्यहरुको  उपस्थिती रहेको थियो ।

कार्यक्रममा नगरप्रमुख टोक बहादुर वाइवाले मेलमिलापको विषय एकदमै संवेदनशिल भएकाले सबै सजग र निस्पक्ष भएर अघी बढ्नुपर्ने बताउँदै मेलमिलापकर्ताले गरेका कामको प्रशंसा गरेका थिए ।  यस्तै उप प्रमुख एवं न्यायिक समिति संयोजक निर्मला शाहीले न्यायिक समिति र मेलमिलापकर्ता एक अर्काको परिपुरकको रुपमा रहेको बताइन् । उनले सामुदायिक मेलमिलापले समुदायमा शान्ति स्थापना गर्न सहयोग पुर्याएकोमा मेलमिलापकर्तालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि समन्वय गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका जिल्ला प्रशिक्षक सञ्जय न्यौपानेले मेलमिलापकर्ताको काम कर्तव्य र अधिकारका बारेमा प्रष्ट पारेका थिए । यस्तै सामुदायिक मेलमिलाप कार्यक्रमकी  लक्ष्मी तिमल्सिनाले स्वागत मन्तव्य राखेकी थिइन् । परमात्माराम पराजुलीले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता मण्डनदेउपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नारायण प्रसाद लम्सालले गरेका थिए ।


तपाईको प्रतिक्रिया