बनेपा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सहकारीहरुले लुगा किन्ने नभएर लुगा उद्योग बनाउन सक्ने खालको हुनु पर्ने बताएका छन् ।

उनले सहकारीले लुगा किन्नको लागि ऋण नभएर उद्योग स्थापना गर्न लगानी गर्न आवश्यक रहेको बताएका छन् ।
शनिवार काभ्रेको बनेपामा पिपुल्स बचत तथा ऋण सहकारीको १२ औं साधारणसभामा बोल्दै मन्त्री बाँस्कोटाले सहकारीले लुगा र मासु किन्नको लागि नभएर लुगा र मासु उद्यमी बन्न सदस्यहरुलाई सिकाउने खालवाट ऋण प्रवाह गर्न आवश्यक रहेको बताएका छन् । उनले अहिलेको आवश्यकता भनेकै राष्ट्रिय पुँजी निर्माण गर्न सक्नु पर्ने बताएका छन् ।

राष्ट्रले लिएको संकल्प र सपना सुख र समृद्धि भएकोले त्यसको लागि महत्वपूर्ण खम्बा सहकारी भएको उल्लेख गर्दै उनले देश निर्माण गर्न ईमान्दार, योजना, उद्धेश्य र त्यसको लागि परिचालन गर्न पूँजी र प्रविधिको आवश्यक रहेकोले राष्ट्रिय पुँजी निर्माण गर्न सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहने बताए ।

‘ पिपुल्स बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष नवराज केसीले संस्थामा आवद्ध सम्पूर्ण शेयर सदस्यहरुको समृद्धि अभिायन सञ्चालन गर्ने र संस्थालाई भविष्यमा सूचना प्रविधिमैत्री बनाउँदै लैजान आवश्यक रहेको उनले बताए ।

१ करोड ८६ लाख ३ हजार सात सय शेयर पुँजी रहेको सो सस्ंथाको कुल निक्षेप १४ करोड ७२ लाख १२ हजार ९७१ रहेको छ । उक्त संस्थामा बाल बचत र संस्थागत सदस्य र शेयर सदस्यहरु गरी चार हजार पाँच सय जना सदस्य रहेको छ ।


तपाईको प्रतिक्रिया