विराटनगर । बिराटनगरमा रहेको सुन पसल लुटपाट गर्ने एकजना पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ ।

सुन्दरहरैचा नगरपालिका–१० विराटचोकमा रहेको थापा सुनचाँदी पसलमा पेस्तोल देखाई रकम तथा सुन लुट्ने भोजपुर जिल्ला दिङ्ला–२ घर भई हाल धरान उपमहानगरपालिका–१५ मा डेरा गरी बस्ने ३२ वर्षीय रोशन भन्ने गोपाल दहाललाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाए ।

दहालले पसलबाट ९.७७ ग्रामको सुनको ब्रासलेट लुटी भाग्न लाग्दा बेलबारी इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक रामकुमार राईको नेतृत्वको टोलीले स्वचालित पेस्तोल, दुई राउण्ड गोली, सुनको ब्रासलेटसहित पक्राउ गरेको थियो ।

यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया