
काठमाडौं । भिजे तथा मोडल सोनिका रोकाया एकै साथ प्रताप दासको आवाजमा रहेको गीत “मैले भुल गरे” बोलको गीत सार्वजनिक भएको छ ।
फरक धारबाट तयार पारिएको यस “मैले भुल गरे” गीतमा प्रेमका नविन आभाषहरु व्यक्त भएको छ । समिर बानेम लिम्वुको शब्द तथा संगीतमा तयार भएको गीतलाई धनु ज्ञाम्मी ले एरेन्ज गरेका छन ।
मायालु जोडिको रुपमा चर्चित मोडल तथा भिजे सोनिका रोकाया र जिवन राईको फिचरिङ रहेको छ ।
मुकेश हुमागाईँले छायाँकन गरेको भिडियोलाई अमृृत चापागाईँले सम्पादन तथा जशु याक्खाले निर्देशन गरेका हुन ।