काठमाडौं । अत्याधिक चर्चामा रहेको चलचित्र धूम ३ का दर्शकहरुका लागी खुसीको खबर छ । यस भन्दा अगाडी चलचित्रमा समावेश गरिएका दुई गीतको भिडियो सार्वजनिक गरेको निर्माण समूहले चलचित्रको ट्रेलर सार्वजनिक गरेर प्रतिक्षारत दर्शकहरुमा खुसी ल्याएको छ ।

नायक, निर्माता तथा निर्देशक जय किशन बस्नेत आफैंले निर्माण गरेको महत्वाकाँक्षी चलचित्र धूम ३ जय किशन बस्नेत फिल्मस प्रा.लि.को ब्यानरमा निर्माण गरिएको छ ।

आफ्नो होम प्रोडक्सन तथा बाहिरका चलचित्रमा समेत ब्यस्त रहेका नायक जय किशन बस्नेतकै लेखन, निर्माण र निर्देशन समेत रहेको चलचित्र धूम ३ को ट्रेलरमा नायक बस्नेतका साथै नव नायिका एलिना रायमाझी प्रमुख भूमिकामा देखिएका छन् । चलचित्रको ट्रेलर हेर्दा नायक बस्नेतले अघिल्ला चलचित्रहरुमा झैं आफ्नो हाँस्य विधालाई छोडेका छैनन् । त्यसो त यस चलचित्रमा एक्सन, लभ स्टोरी तथा नारी समवेदनामा आधारित कारुणिक देष्य पनि समेटेको देखिन्छ ।

यही आउँदो अशोज ५ गतेदेखि देशब्यापी प्रदर्शनको तयारीमा रहेको यस चलचित्रमा जय किशन बस्नेत र शिव विकको नृत्य, जीवन श्रेष्ठको छायाँकन, हिमाल के.सी.को द्वन्द, टंक बुढाथोकी र ओम सुनारको संगीत तथा तुलसी बाँस्कोटाको सम्पादन रहेको छ । मानवीय दैनिकीको यथार्थतालाई सहज तरिकाले चलचित्रको पर्दामा उतारेको कारण पनि आफ्ना अघिल्ला चलचित्रहरुलाई भन्दा बढी यस चलचित्रलाई दर्शकहरुले अझ बढी माया गर्नेमा आफु आशावादी रहेको नायक, निर्माता तथा निर्देशक जय किशन बस्नेतले बताएका छन् ।

ट्रेलर हेर्न :

https://www.youtube.com/watch?v=ZM9s4taE3E0

 


तपाईको प्रतिक्रिया