काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति विभागले आज बिहानै बल्खुमा रहेको तरकारी तथा फलफूल बजारको अनुगमन गरेकोे छ । विभागका निरीक्षक अधिकृत दीपक खरेलको नेतृत्वमा पुगेको टोलीले आज बिहानै ४ बजे तरकारी तथा फलफूल बजारको अनुगमन गरेको हो ।

त्यसैगरी बजारको अनुगमनका लागि गएको टोलीलाई अवरोध गर्न खोज्ने एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । बजारको अनुगमनका लागि गएको सरकारी टोलीलाई अवरोध गर्न खोज्ने रवि साहलाई कालीमाटी प्रहरीले पक्राउ गरेको हो ।

साहलाई पक्राउ गरेपछि व्यापारीले बजार भित्र र बल्खु चोकमा निस्केर बिरोध प्रदर्शन गरेका छन् ।


तपाईको प्रतिक्रिया