काठमाडौं । आम दर्शकको मन छुन सफल लैजा लैंजा यो बैश लैजा बोलको पप आईटम म्यूजिक भिडियो गायिका विनिता राईले ल्याएकी छिन् । लामो समयदेखि गीत संगीत क्षेत्रमा रम्दै र जम्दे आएकी .गायिकाले लाखौ आम दर्शकको मन जिति सकेकी छिन् ।

उदयपुर जिल्लालाई आफनो जन्म थलो बनाई राजधानी काठमान्डौंलाई कर्मथलो बनाउदै आएकी राई सानै उमेरदेखि कलाकारिता क्षेत्रमा होमिएकी बताउ छिन् । लोकप्रियता र चर्चासँगै गायिका राईले करिब दुई सयको हाराहारीमा गीत गाउन ब्याई सकेकी छिन् । लैजा लैजा यो बैश लैजा बोल्को गीत अहिले आम दर्शक स्रोताको निकै रोचक तथा चर्चाको विषय बनेको छ । यो भिडियोले ब्यापक बजारमा चर्चा समेत पाएको छ ।

कुसल गायक तथा संगीतकार डिबि तामाङको शब्द रचना तथा सनाम पुरुष राईको संगीत रहेको यो गीतमा गायिका विनिता राईले सुमधुर स्वर लहरी भरेकी छिन् । करिब एक दर्जन कोरसको पृष्ठ भुमीमा शब्द संगीतकार डिबि तामाङ र मोडल निशा तामाङले रोमान्स गरेका छन् । यी जोडीको रोमान्स्ले युवायुवतिको मनलाई निकै लोभ्याएको छ । हाईलाईट्स नेपालको युटयूब च्यानलमा अपलोड गरेको यो भिडियोले छोटो समयमा नै धेरै आम दर्शक बटुल्न सफल भएको छ ।

युवा युगल जोडिबीचको आपसी माया प्रेम प्रशंग अनि बैशालु उमेर सँगै युवायुवतिमा चढ्न थालेको यथार्थता यस भिडियोमा चित्रण गरिएको छ। जुन सामाजिक यथार्थता नै यस भिडियोको आकर्ष बनेको छ । भिडियोमा आम दर्शकको धेरै राम्रो राम्रो प्रतिक्रिया पनि आई रहेको छ ।

यो भिडियोलाई निश्चल के।सी। ले निर्देशन गरेका छन् भने विक्रम कार्कीले छाँयाङ्कन गरेका छन् । सुबास कुथुमी राईले दिएको र्याप र सरोज कुवँरको अभिनयले यो भिडियो निकै रोचक बनेको छ । भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।

भिडियो हेर्नुहोस :

 


तपाईको प्रतिक्रिया