काभ्रे – काभ्रेका विभन्न गाउँहरुमा यत्तिखेर पहिरोलेपीडा थप्दैछ । वर्षात सुरु भएसँगै ०७२ सालको भूकम्पमा चिराचिरा परेका डाँडाबाट पहिरो जान थालेपछि काभ्रेका आधा दर्जन बस्ती उच्च जोखिममा परेका हुन् । पहिरो कै कारण बुधबार विहान मण्डन देउपुरमा १८ महिने एक बालकको मृत्यु समेत भयो । यस वर्षगएको पहरिोका कारण जिल्लाका १७० भन्दा बढी परिवार विस्तापित भएका छन् ।

जिल्लाकै मण्डनदेउपुर १० ज्याम्दीका ३१ परिवार पहिरोको उच्च जोखिममा रहेका छन् । मण्डनदेउपुरमा १८ घरपरिवार कालिका आधारभूत विद्यालयमा स्थानान्तरण भैसकेका छन् भने स्थानीय बेसी गुम्बामा ७ घर स्थानान्तरण भैसकेका छन् । बुधबार बिहान स्थानीय हेमबहादुर तामाङको घर पहिरोले पुरिँदा उनका १८ महिने छोरा दीपक तामाङको थिचिएर मृत्यु भएको थियो । त्यस्तै जिल्लाको भुम्लुगाउँपालिका९१ सापिङ रिठ्ठे देउरालीमा १४० परिवार विस्तापित नै भैसकेको छ । उच्च जोखिमपछि स्थानीय प्रशासनको सहयोगमा केही परिवारलाई सेतिदेवी माविमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

जिल्लामा बाढी र पहिरोबाट हुनसक्ने क्षती र त्यसपछिको उद्दारका हाइअलटमा प्रहरी खटिएको जिल्ला प्रहरी प्रमुख रविराज खड्काले बताउनुभएको छ। यद्यपी कतिपय ठाउँका खबरहरु प्रशाशनसँग समेत आउन सकेको हुँदैन । कतिपय ठाउँमा जोखिम हुँदा हुँदैपनि हेलच्याक्राईगर्ने र केही हुँदैन भन्ठान्नेहरुसमेत छन् ।
०७२ सालमा गएको भूकम्पमा परि ज्याम्दी, हल्देटार, सापिङ लगायतका डाडाहरु चर्किएका थिए । छियाछिया बनेका डाडा कमजोर भै पहिरो खसेपनि अझै ती ठाउँमा स्थानीय बाशीहरुको बासस्थान हुनुले समस्या थप जटिल बनिरहेको हो । जोखिमयूक्त ठाउँका बस्ती स्थानान्तरण गरिएपनि केही समयपछि उक्तस्थानमा पुनः स्थानियहरु बसोबास गर्दा कतिपय ठाउँमा समस्या बल्झिरहेको छ।

अहिले पनि पहिरो पीडितहरुका लागि मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकाले सुरक्षित स्थानको पहिचान गरि उनीहरुलाइ स्थानान्तरणका लागि पहल गरिरहेको छ । तथापि, राहतका लागि कुनै निकायले चासो नदिएको जनगुनासो छ। समस्या परेपछि टाउकोमा हात राखेर पछुताउने समस्याको सुरुमै समाधानका उपाँयहरु अबलम्बन गर्ने बानी नभएका कारण जिल्लाका कतिपय ठाउँमा पहिरोको समस्या जटिल बनिरहेको छ । कमजोर भुभाग, भुक्कम्पमा चिरा र धाँजा फाटेका भूमागमा समेत मानिसहरु र बसोबास गरीरहेका छन् ।

समस्या परेपछि मिडियमा समाचारअउाने र सबैको चासो हुने विस्तारै बर्षा टर्दै जाने र पुनःअर्को बर्ष चिच्याउने कामहरु बिगतका बर्षदेखि नै भइरहेको छ अतः जोखिमयुक्त ठाउँ र बस्तीहरुको पहिचान गरी ती भेग र बस्तीहरु स्थान्तरण गर्नु र पुनः बस्ती बस्न नदिन स्थानिय तह नै जागरुक हुनु पर्ने देखिन्छ। प्राकृतिक विपत्ती कहाँ र कतिखेर कस्लाईआउँछ भन्ने ठेगान हुँदैन त्यसैले सबै जनसमुदाय सुरक्षित रहन सचेत हुनुपर्ने देखिन्छ। विपतमा परेकाहरुको सकेको सहयोग गर्नु सबैको कर्तव्य हो । हामी सबै मिलेर विपतको सामाना गरौं ।


तपाईको प्रतिक्रिया