
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी( नेकपा)ले कंचनपुर घटनाका दोषीमाथि कारबाही गर्न माग गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुटारमा बसेको सो पार्टीको सचिवालयको आकस्मिक बैठकले यस्तो माग गरेको हो ।
महासचिव बिष्णु पौडेलले दिनुभएको जानकारी अनुसार शंकाको घेरामा रहेकालाई छानबिनको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । यसरी छानबिनको दायरामा ल्याई दोषी ठहर भएकालाई कडा भन्दा कडा कारबाही गर्न सरकारलाई निर्देशन दिने सो बैठकले निर्णय गरेको छ ।