महेन्द्रनगर । उच्चस्तरीय समितिले बालिका बलात्कार र हत्याको छानबिन सुरुगरेकै दिन  महेन्द्रनगरमा फेरि तनाव सुरु भएको छ । आज दिउँसो तीन बजेबाट सुरुभएको आन्दोलन उग्रबन्दै जाँदा प्रहरीले गोली चलाएको छ । गोलीबाट  एकको मृत्यू भएको छ भने पाँच घाइते भएका छन् ।

बालिका निर्मला पन्तको बलात्कारी र हत्यारालाई कारवाहीको माग गर्दै कञ्चनपुरमा भइरहेको आन्दोलनमा शुक्रवार प्रहरीले फेरि गोली चलाएको हो ।

गोली प्रहारबाट  कविन्द्र सिंह, सगुन सुवेदी, दामोदर खत्री, उमेश देउवा र चेतन भट्ट घाइते भएका छन् । प्रदर्शनकारीहरू जिल्ला प्रशासन कार्यालयतिर आउन खोज्दा प्रहरीले गोली प्रहार गरेको बताइएको छ ।


तपाईको प्रतिक्रिया