काठमाडौ । सरकारले आगामी भदौ १४ र १५ गते सार्वजनिक विदा दिने भएको छ । यो बारे गृह मन्त्रालयले छलफल अघि बढाएको हो । बिमस्टेकको सम्मेलनमा उपत्यकामा विदा दिन लागिएको हो।

भदौ १४ र १५ गते काठमाडौंमा विमस्टेक सम्मेलन हुँदै छ। सम्मेलनमा सवारी व्यवस्थापन मिलाउन र सुरक्षा बलियो बनाउन बिदा दिन लागिएको हो । यसबारे छलफल भइरहेको र निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकुमार आचार्यले बताए। १४ र १५ गते बिदा भए लगातार ३ दिन सार्वजनिक बिदा हुने छ । १६ गते शनिबार भएकाले तीन दिन बिदा हुन लागेको हो।

सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, बर्माका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन्। उनीहरु सोल्टी होटलमा बस्दै छ्न। त्यस्तै गोकर्ण फरेस्ट रिसोर्टमा रिट्रिट दिन लागिएको छ। पुरा खबर बाट साभार
यो पनि पढ्नुहोस् :

यसरी पकाउनुश फर्सिको मुन्टाको तरकारी तपाईंले सधै बनाएको भन्दा सयौं गुना मिठो हुन्छ

ओमानमा बङ्लादेशी नागरिकद्वारा नेपाली युवतीको अपहरणपछि सामूहिक बलात्कार

ओमानमा नेपाली युवतीको अपहरणपछि सामुहिक बलात्कार भएको छ । ओमानको मावेलामा बंगलादेशका ६ जना नागरिकले नेपाली युवतीको अपहरण गरी सामुहिक बलात्कार गरेका हुन् ।उनीहरुले बलात्कारपछि हत्याको योजना बनाइरहेका बेला ओमानको प्रहरीले उद्धार गरेको छ । १६ महिना अघि घरेलु महिला कामदारको रुपमा ओमान पुगेकी उनी ८ महिना स्पोन्सरको घरमा काम गरेर भागेकी थिइन ।

उनलाई एक जना बङगाली नागरिकले राम्रो काम लगाइदिन्छु भन्दै शुक्रबार दिउँसो मस्कटबाट झण्डै २० किलोमिटर टाढा मावेलामा पुर्याएपछि अरु पाँच जना साथीलाई जिम्मा लगाएका थिए ।

शुक्रबार राती बलात्कार गरेको र शनिबार बिहान मारेर फाल्ने योजना बनाउँदै गर्दा एउटा निर्माणाधिन भवनको शौचालयबाट उनलाई उद्धार गरिएको प्रहरीले जनाएको छ । बलात्कारपछि घटना सार्वजनिक हुने डरले आफ्नो हत्या गर्न खोजेको पीडितले बताएकी छिन् ।समुहमा रहेका मध्ये एक व्यक्तिले मार्नु हुँदैन भनेर भनेपछि उनीहरूबीच विवाद भएको र त्यही विवादका क्रममा भागेर शौचालयमा लुकेर प्रहरीलाई खबर गरेको पीडितको भनाइ छ । खबर गरेको २० मिनेटमा प्रहरी आउँदा बलात्कारमा संलग्न व्यक्ति भागिसकेका थिए ।

युवतीको झोलामा रहेको केही नगद पनि उनीहरुले चोरेका छन् । प्रहरीले उद्दार गरेपछि पीडित युवती एनआरएनए ओमानको सम्पर्कमा आएको अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । ‘मृत्युको मुखबाट जोगिएकी पीडित युवती अहिले प्रहरीको संरक्षणमा छिन्, अपहरणकारी फरार छन्, प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘अपहरणमा संलग्न बंगाली नागरिकलाई खोजेर कारवाहीका लागि पहल गर्न नेपाली दूतावासलाई लिखित निवेदन समेत दिएका छौ ।’घटनाबारे जानकारी पाएको र त्यसबारे थप प्रक्रिया सुरु गरेको नेपाली दूतावास ओमानले जनाएको छ ।


तपाईको प्रतिक्रिया