महादेवस्थान÷काभ्रेको सबैभन्दा कान्छो मण्डन देउपुर नगरपालिकाले नगरका १२ ओटानै बडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई मासिक १ हजारको दरले प्रोत्साहन भत्ता उपलब्ध गराएको छ ।


सोमवार मण्डन देउपुर नगरको सभाहलमा नगरप्रमुख टोकबहादुर वाईवाले ६७ जना स्वयम्सेविकाहरुलाई सो रकम उपलब्ध गराएका हुन् । उनले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा समेत निस्वार्थ भावनाले काम गरिरहेका स्वास्थ्य स्वयम्सेविकाहरुको प्रोत्साहनका लागि मासिक एक हजार प्रोत्साहन भत्ता उपलब्ध गरेको मेयर वाईवाले बताए ।

स्वास्थ्य स्वयम्सेविकाहरुलाई आर्थिक बर्ष २०७४÷०७५ को एकमुष्ट १२÷१२ हजार रुपैया मेयरले हस्तान्तरण गरेको नगरका स्वास्थ्य ईकाई प्रमुख दीपक घिमिरेले बताए ।


तपाईको प्रतिक्रिया