धुलिखेल । नेपाल कम्युनिस्ट पार्टीका बिप्लप समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई काभ्रे जिल्ला अदालतले आज ३ दिन थुनामा राख्नको लागि आदेश दिएको छ । गत शुक्रबार राति काठमण्डौबाट गिरफ्तार गरिएर काभ्रे ल्याएका प्रकाण्डलाई ३ दिन थुनामा राखेर अनुसनधान गर्नको आदेश दिएको हो ।

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ६ चौकी डाडामा रहेको कुन्साङ लामाको ब्लुसाइन क्रसरमा रहेको इस्काइभेटरमा आगोलागी गरेको आरोपमा प्रकाण्डलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय काभ्रका एसपी रबीराज खडकाले बताए । सो क्रेसरमा आगोलागी गरेको आरोपमा जिल्ला प्रहरी कार्यलय काभ्रेले केहि समय पहिले काठमाडौंको नागढुंगाबाट गिरफ्तार गरिएका नेकपाका नेताहरू कृष्ण धमला(गम्भिर) र मोहन कार्की(जीवन्त) लाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसान्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज खड्काले बताए ।

काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका–६ चौकीडाँडास्थित ब्लुसाइन क्रसर उद्योगमा गत २०७५ वैशाख १ गते टिपर र स्काभेटरमा आगजनी गरेको विषयमा प्रहरीको अनुसन्धान टोलीले गरेको खोजतलासको क्रममा सो घटनामा संलग्न रहेकोहरुलाई अनुसनधान जारी रहेको एसपी रविराज खड्काले बताए । प्रहरीका अनुसार उनिहरुलाई संगठीत अपराध ( आगो लगाएको ) निवारण ऐन २०७० अन्तर्गत मुद्धा चलाई थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।


तपाईको प्रतिक्रिया