केशवराज पौडेल÷काभ्रेपलाञ्चोक
मण्डन देउपुर नगरपालिका १० हल्दे छापका रामबहादुर तामाङ २० बर्ष पुरानो स्टे«चर सफा गर्दै थिए । २०५० सालतिर ग्रामीण स्वास्थ्य कार्यकर्ताहरुलाई बिरामी ओसार्न सरकारले टोलटोलमै एम्बुलेन्सको काम गर्ने स्ट्रेचर उपलब्ध गराउने गरेको थियो । तामाङले स्वास्थ्य कार्यकर्ता भएपछि स्टे«चर पाएका थिए । अघिल्लो बर्षसम्म मुस्किलले एम्बुलेन्स आउने तामाङको गाँउसम्म पौषवाट सडक विस्तारको कार्य सुरु भएपछि यो बर्षको बर्षादमा एम्बुलेन्स नआउने भएपछि उनी २० बर्ष पुरानो स्टे«चरलाई सफा पार्दैै थिए ।

पुरानो स्टे«चर सफा पार्दैै बिरामी बोक्ने योजना बनाउने तामाङ एक्ला व्यक्ति हैनन् । दुई साताअघि गाँउमा पहिरोले पुरिएर स्थानीय घाईते हुनुका साथै १८ महिने बालकको ज्यान गएपछि रामबहादुर जस्तै टोलभरिका युवाहरु स्टे«चरको जोहो गर्न थालेका छन् । ‘स्टे«चर जतिबेला पनि आवश्यक पर्ने भएकाले सफा पार्दै मर्मतमा लागेको छु’तामाङले सुनाए ।

काभ्रेका १३ ओटै स्थानीय तहका स्थानीयहरु सडककै कारण गाँउसम्म एम्बुलेन्स नआउने भएपछि स्ट्रेचरकै भर पर्न थालेका छन् । काभ्रेका सुगम र दुर्गम दुबैमा यतिबेला स्टे«चर बिरामी बोक्ने भरपर्दाे साधन बनेको छ । स्थानीय तहमा जनप्रतिनिधीहरु निर्वाचित भएसँगै टोल–टोलमा कम्तिमा बिरामी बोक्ने एम्बुलेन्स संचालन होला भन्ने आशा जनताको थियो । जनताको आशा अनुसार जनप्रतिनिधीले राम्रो बजेट ग्रामीण सडकको स्तरोन्ततीलाई विनियोजन भएपनि भरपर्दाे सडक नबन्दा जनताहरु भने बिरामी ओसार्न अझै स्टे«चरको भरमा परेका छन् ।

काभ्रेमा रहेका १३ ओटा स्थानीय तहले विकास निर्माणमै सडकलाई पहिलो प्राथमिकता दिए । शहर भेगमा रहेका नगरपालिकाहरुले समेत सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेपनि १३ ओटा स्थानीय तहका टोलवाट कोही बिरामी परेमा एम्बुलेन्स जान सक्ने सडकनै नभएपछि स्ट्रेचरको सहारामा बिरामी ओसारपसार गर्छन् ।
स्ट्रेचरमा बिरामी बोक्ने सजिलो छैन । कम्तिमा चार जना चाहिन्छ आलोपालो गर्दापनि आठ जना घटिले स्टे«चरमा बिरामी लान र ल्याउन सकिदैन । तर जस्तो असजिलो भएपनि स्टेचरको विकल्प उनीहरुसँग छैन ।

काभ्रेको विकट भनिएका डाँडापारि, कोशीपारि, रोशीपारि र कान्छो नगरपालिका मण्डनदेउपुरमा क्रमिक रुपमा विकास भएपनि जिल्लाकै पहिलो नगर बनेपा,जिल्ला सदरमुकाममा रहेको धुलिखेल, पनौती, पाँचखाल र नमोबुद्धमा रहेका वडा कार्यालयसम्म एम्बुलेन्स पुयाउन सक्ने अवस्था छैन जसको कारण बिरामी परेको समयमा स्थानीयहरु स्टे«चरकै भरमा बस्ने बाँध्यतामा पुगेका छन् ।
धुलिखेल शंखुको एक्लेखेत जाने सडकमा पहिरो खसेपछि आफूहरु बाँध्य बनेर एम्बुलेन्सको विकल्पमा स्टे«चर रोज्न बाँध्य बनेको स्थानीय सुर्दशन भट्टराईले बताए । उनले तत्कालै पहिरो हटाउन सक्ने अवस्था समेत नरहेकाले आफूहरु समस्यामा परेको बताउँछन् । एम्बुलेन्स समेत छिर्न नसक्नुमा गैर प्राविधिक तथा आफ्ना मान्छेहरुलाई पैसा बाँडेको कारणले सडक निर्माण हुन न
अहिले जिल्लाको डाँडापारि महाभारत र खानीखोला गाउँपालिका यातायात सेवाबाट बञ्चित भएका छन् । जसको कारण गर्भवती महिलाहरुलाई बनेपा,धुलिखेल र पनौतीमा कोठा खोजेर धेरैले उपचारको लागि राखेका छन् ।

गाँउमा भरपर्दाे स्वास्थ्यचौकी छैन, गाँउवाट शहरमा उपचार गराउन ल्याउने अवस्था नरहेपछि बनेपामै कोठा खोजेर श्रीमतीको सुत्केरी गराए डाँडापारिका मैतेसिं तामाङले भने । सडक भएपनि एम्बुलेन्स समेत नचल्दा बिरामीहरुले समस्या भोगेका छन् । बिरामी बोकेर आएको एम्बुलेन्स जालाकी नजाला भनेर स्टे«चरकै भरमा परेको स्थानीयहरु बताउँछन् ।

काभ्रेको मण्डन देउपुर नगरपालिका वडा नं ९,१० र ११ र १२ का स्थानीयहरुले प्रयोग गर्दै आएको सडक निर्माण सुरु भएसँगै त्यहा कुनै पनि सवारी जान सक्ने अवस्था नहुँदा स्ट्रेचरकै भर पर्नु परेको स्थानीय लिला नेपालले बताईन् । ‘संसारमा अरु देश प्रगती पथमा लम्कदै छन् हामी एम्बुलेन्सको सेवावाट पुनः फर्केर स्टेचरमा आईपुगेका छौ’नेपालले भनिन् ।

आजको राजधानी दैनिकमा समाचार छ ।


तपाईको प्रतिक्रिया