बनेपा । एमाले र माओवादीबिच एकीकरण भएर बनेको नेकपाले जिल्लामा भदांै ५ भित्रै समिति बनाउने योजना बनाएसँगै प्रत्येक जिल्लामा कसले नेतृत्व लिने भन्ने होडबाजी काभ्रे जिल्लामा नराम्रोसँग चुलिएको छ ।

केन्द्रीय कमिटिले स्थानीय, प्रदेश र प्रतिनिधी सभामा नेतृत्व गरेका नेतालाइ कार्यकारिणी पदको जिम्मेवारी नदिने घोषणा गरेसँगै काभ्रेमा माओवादी र एमालेका नेताहरु नेतृत्वको होडमा लागेका छन् । नेकपा माओवादीले पूर्व उर्जामन्त्री एंव माओवादीका पूर्व केन्द्रीय सदस्य सूर्यमान दोङ लालध्वजलाई नेकपाको जिल्ला अध्यक्षको लागि निर्विरोध सिफारिस गरेको छ । सांसदसँगै नेकपाको केन्द्रीय सदस्यको होडवाट एकाएक बाहिरिएका लालध्वज जिल्ला अध्यक्षको प्रत्यासीको रुपमा आँउदा माओवादीका केही कार्यकर्तामा खुसी छाएको छ भने केही निरास बनेका छन् ।

नेतृत्व हस्तान्तरणको प्रकृया आवश्यक रहेको भन्दै केहीले नेताहरुले असन्तुष्टि जनाएका छन् । नयाँ नेतृत्व स्थापित गराउन पहल गर्न आवश्यक रहेको व्यक्तिनै पुनः जिल्ला अध्यक्षमा आउन खोज्नु भनेको पुरानो पथमा फर्कन खोज्नु रहेको तत्कालिन माओवादीकै कार्यकर्ताहरु बताउन थालेका छन् । तर केन्द्रमा राम्रो पँहुच भएको व्यक्ति जिल्लामा आउनु सकारात्मक बिषय भएको माओवादी वृत्तमा छलफल सुरु भएको छ ।

माओवादीमा जिल्ला अध्यक्ष छनौट जसरी सहज भएको छ तर पदाधिकारी र जिल्ला कमिटिको चयनमा माओवादीभित्र विवाद सृजना हुने निश्चित प्रायनै छ । तर आम सर्वसाधारण भने केन्द्रमा पँहुच भएको व्यक्तिले जिल्लामा आएर लालध्वजले गलत संस्कारको थालनी सुरु गरेको बताउन थालेका छन् ।

काभ्रेमा स्थानीय निकायको निर्वाचनमा एमाले एक्लैले स्पष्ट बहुमत हासिल गरेको छ । उसले काभ्रेजस्तो बलियो जिल्लामा नेतृत्व आफ्नो पक्षमा अगाडी बढाउन भुमिका खेलिरहेको छ । जिल्ला अध्यक्षमा दौडमा एमालेका रामहरि सुवेदी, नारायण पाण्डे र कुमार थापा अघि देखिएका छन् । यसमा युवा पंक्तिले तीनै जना नेतालाई स्विकार्ने बताउँदै आएका छन् । तर एमालेको दोस्रो पुस्ताका नेताहरुलाई स्थापित गराउन चासो नदिएको भन्दै जिल्ला तहका नेताहरु आक्रोशित बनेका छन् । जसको कारण एमालेमा विवाद सुरु भैसकेको छ ।

हिजो जिल्लामा नेतृत्व गरेका नेताहरुले प्रदेश र केन्द्रसम्म जान सक्ने आशामा जिल्लाको पदाधिकारीमा पुग्ने आशा बोकेको जिल्लाको युवा नेतृत्व यतीबेला समस्यामा परेको छ । पाटीसँगै स्थानीय तहको नेतृत्व गरेको नेतृत्वले जिल्लामै रहेर काम गर्ने ईच्छा देखाएसँगै युवाहरुमा निरासा पैदा भएको छ ।

एमालेको पुरै पदाधिकारी अध्यक्ष टोकबहादुर वाईवा, उपाध्यक्ष अशोक व्याञ्जू, सचिव नारायण पाण्डे तथा उपसचिव ईन्द्र तामाङले जिल्लामै रहेर काम गर्ने योजना बनाएका छन् । तर सचिवालयमा लामो समयदेखि काम गरेको युवाहरु पुनः पदाधिकारी नबन्ने भएपछि उनीहरुले आफूहरुलाई पनि छाड्न जिल्ला नेतृत्वलाई दवाव दिईरहेका छन् । हामी कहिले नेतृत्वमा पुग्ने भन्दै तत्कालिन एमालेका नेताहरुले जसरी भएपनि केन्द्रमा वा प्रदेशमा जान तत्कालिन पदाधिकारीलाई दवाव दिईरहँदा एमालेमा विवाद उत्कृर्षमा पुगेको छ । उनीहरु भन्छन् माथिपनि जाने की बिचमै अड्किरहने कमरेडहरु भनेर प्रश्न गरेका छन् ।

पाटीमा काम गरेको व्यक्तिले भुमिका खोज्छ पदाधिकारीले पनि भुमिका खोजेका छन् । केन्द्रमा जाने संम्भावना नरहेपछि जिल्लामै आफ्नो प्रभुत्व जमाउने योजनामा पुरानो नेतृत्व लागेपछि युवाहरु वलीको बोका जस्तै बनेका छन् । उनीहरुको बर्षाैदेखिको पदाधिकारी बन्ने सपना समेत तुहिने भएको छ । उनीहरुले स्थानीय निकायको जिम्मेवारी बहन गरिरहेको भएकाले अग्रज नेताहरुले आफूहरुलाई पाटीको जिम्मेवारी दिन अनुरोध समेत गरेका छन् ।

जनताको काम तपाईहरुले गर्नुस् पाटीको काम हामी गर्छाै भन्ने हाम्रो माग हो तत्कालिन एमालेका जिल्ला कमिटिका सचिवालय सदस्यले भने । माओवादीभित्र पनि एमालेवाट अध्यक्ष बनेमा आफू सचिव बन्ने योजनामा धेरै नेताहरु देखिएका छन् । त्यसमा लालध्वज तहका नेताहरु पनि छन् ।


तपाईको प्रतिक्रिया