ढुङखर्क । काभ्रेको बेथानचोक गाउँपालिका २ नं वडाबाट बिजुली चोरी गरेको आरोपमा ३ जना पक्राउ गरिएको छ । बिजुली डाइरेक हुकिङ गरेर कुखुरा पालन गरेको आरोपमा टिकराम तिमल्सिना लाई प्रहरीले पक्राउ गरिएको छ ।

सोही वडाको रमेश तिमल्सिनाले मिटरबाट बिजुली बाइपास गरेर कुखुरा फर्म संचालन गरेको अवस्थामा पक्राउ गरिएको काभ्रे बितरण केन्द्र प्रमुख इन्जिनियर रबिन्द्र कुमार यादबले बताउनुभयो । बेथानचोक २ ढुङखर्कमा बिजुली डाइरेक हुकिङ गरेर काठमिल संचालन गरिरहेको नारायण श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएको इन्जिनियर नरेश श्रेष्ठले बताउनुभयो ।

बेथानचोक गाउँपालिकामा रहेको स्वस्थ्य चौकीले समेत नियमअनुसार बिजुली जडान नगरी सिधै बिजुली चोरी गरेको पाइएको काभ्रे बितरण केन्द्र प्रमुख इन्जिनियर यादबले बताउनुभयो । स्वास्थ्य चौकीमा प्रयोगमा आएको सामग्रीहरु नियन्त्रणमा लिएको यादबले बताउनुभयो । उनिहरुले बिजुली चोरी गरी संचालन गरिएको बिद्युतिय उपकरणहरु समेत नियन्त्रणमा लिएको काभ्रे बितरण केन्द्र प्रमुख इन्जिनियर यादबले बताउनुभयो ।


तपाईको प्रतिक्रिया