बेथानचोक । प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजना तथा बेथानचोक गाउँपालिकाको समन्वयमा सामुदायिक मेलमिलाप सम्बन्धि अभ्यास आदानप्रदान एवं अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बेथानचोक गाउँपालिकाका मेलमिलाप केन्द्रका वडा संयोजकले आफ्ना वडामा भएका मेलमिलाप सम्बन्धि गतिविधिका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बेथानचोक गाउँपालिका की उपाध्यक्ष सरिता लामिछाने, वडा नम्वर १ का वडा सदस्य मदनसिंह तामाङ, हिरामाई तिमल्सिना ,२ का वडा सदस्य राम प्रसाद अधिकारी, ३ का वडा सदस्य बिना सिंतान, ४ का दिलकुमारी तामाङ, र ५ नम्वर वडा सदस्य सन्चमाया तामाङ, पत्रकार मोहन कृष्ण तिमल्सिनाले मेलमिलाप सम्बन्धि आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेले न्यायिक समिति र मेलमिलापकर्ता एक अर्काको परिपुरकको रुपमा रहेको बताइन् । उनले सामुदायिक मेलमिलापले समुदायमा शान्ति स्थापना गर्न सहयोग पुर्याएकोमा मेलमिलापकर्तालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि समन्वय गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालका जिल्ला प्रशिक्षक सञ्जय न्यौपाने, परमात्माराम पराजुली, गीता सिलवाल, लक्ष्मी तिमल्सिना ले मेलमिलापकर्ताको काम कर्तव्य र अधिकारका बारेमा प्रष्ट पारेका थिए भने गाउँपालिकामा सूचीकृत भएका मेलमिलापकर्ताहरुलाई परिचय पत्र वितरण गरिएको थियो । कृष्ण प्रसाद तिमल्सिनाले सन्चालन गरेको कार्यक्रमको अध्यक्षता गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेले गरेकी थिइन् ।


तपाईको प्रतिक्रिया