बनेपा । समयसमयमा कुखुरामा वल्ड फ्लूको संक्रमण देखिएपछि त्यसको असरमा काभ्रेका स्त्री चौपायामा देखिएको छ । पशु ओसारप्रसारमा सरकारले गतिलो कानुन बनाउन नसक्दा काभ्रेमा मासुका लागी स्त्री चौपायाको वध हुने श्रृखला बढेपछि काभ्रेका दुग्ध उत्पादनमा कमी आएको छ । दुग्ध उत्पादन तथा तरकारी खेतीमै नेपालमै नाम कमाएको काभ्रेमा स्त्री चौपायको खुलमखुल्ला रुपमा मासुका लागी प्रयोग हुन थालेपछि काभ्रेमा दुग्ध उत्पादनमा कमी आउन थालेको हो ।

केही बर्षअघिसम्म नेपालमै धेरै दुध उत्पादन र पशुपालन गरिने मानिएको काभ्रे जिल्लामा पशुको संख्यामा एकाएक कमी आउन थालेपछि त्यसको असर तरकारीवालीमा समेत परेको छ । नेपालको कानुनमा कुनै पनि चौपायालाई एकस्थानवाट अर्काेस्थानमा लानेसक्ने अनुमती भएका कारण स्त्री चौपाया वध रोक्न समस्या देखिएको सरोकारवाला बताउँछन् ।

नेपालको ठुलो परिर्वतन जनआन्दोलन ०६२÷६३ मा काभ्रेको स्त्री चौपायाको मासु काठमाण्डौ उपत्यकामा बिक्री भयो । १२ बर्षअघि सुरु भएको खपतको परिणाम अहिलेसम्म पनि रोकिन नसक्दा काभ्रेको दुध उत्पादन तथा तरकारीखेतीमा पनि त्यसले असर पारेको हो ।
काभ्रेका गाँउवाट दैनिक सयौका संख्यामा स्त्री पशुहरुको काठमाण्डौमा निकासी हुँदै आएको छ । एउटा उन्नत खालको थारो भैसीलाई ७० हजारसम्म गोठमै पैसा तिरेर मासुका लागि विचौलियले काठमाण्डौ लान थालेपछि आर्थिक लाभका लागी किसानले भटाभट स्त्री पशुहरु बिक्री गर्न थालेका छन् । काठमाण्डौवाट नजिकै भएको ढुवानीको खासै समस्या नहुने भएकाले काभ्रेको स्त्री पशुको किसानले राम्रो मुल्य पाँउने थालेपछि उन्नत पशुसमेत किसानले बेच्न थालेका हुन् ।

मासुको लागी उर्वरपशुको प्रयोग बढेपछि काभ्रेको दुध र तरकारी उत्पादन ह्रास आउन थालेको हो । काठमाण्डौ उपत्यकामा छिर्ने ठुला राजमार्गमा लामो समय सम्म आउने पहिरो तथा नेपालमा भएका ठुला परिर्वतनमा स्त्री चौपायाको राम्रो मूल्य तिरेर खरिद हुन थालेपछि काभ्रेका स्त्री पशुहरुको संख्यामा कमी आउन आएको हो । मासुका लागी स्त्री चौपायाको प्रयोग ह्वात्तै बढेपछि काभ्रेका धेरै गाँउहरुमा भैसी शुन्यप्रायः हुन थालेका छन् ।

काभ्रेको नाका भएर दैनिक तीन लाख लिटर दुध काठमाण्डौ उपत्यकामा खपत हुँदै आएको छ । काभ्रेमा ५ बर्ष अघिको दुध उत्पादन र अहिलेको दुध उत्पादनमा खासै परिर्वतन देखिएको छैन तर भैसीको स्थान गाईले ओकट्दा काभ्रेमा भैसीको समस्या टक्कारो देखिएको छ । १० बर्षसम्म निरन्तर काभ्रेको दुधले काठमाण्डौ उपत्यकामा ५० प्रतिशत माग धान्दै आएको छ । काभ्रेको दुधमा तुलनात्मक वृद्धि हुन नसकेपछि वाहिरी जिल्लावाट दुध काठमाण्डौ उपत्यकामा आयत हुने क्रम बढेको छ । तरकारी उत्पादनमा धादिङले काभ्रेलाई उछिनेको छ । मासुका लागी धमाधम स्त्री पशुहरु काटिन थालेपछि कम्पोष्ट मलको अभावमा तरकारी उत्पादनमा कमी आएको हो ।

काभ्रेको वाटो भएर गाई तथा गोरुको तस्करको क्रम पछिल्लो समय बढेको छ । खेतीका लागी प्रयोग हुने गोरुको सट्टामा साना ट्याक्टरहरुको प्रयोग सुरु भएतापनि काभ्रेको तिमाल क्षेत्र हुँदै सर्लाहीको नवलपुर हाट बजारमा लगेर गोरुको बेचबिखन हुने गरेको छ । तिमाल हुँदै गाई तथा गोरु लाने क्रम नरोकिदा काभ्रेका गाँउघरवाट स्त्री पशु वध हुने क्रम रोकिएको छैन ।

काभ्रेमा २ बर्षको अवधीमा ७० हजारको हाराहारीमा स्त्री पशुहरुको संख्यामा कमी आएको छ । काभ्रेका गाँउवाट स्त्री बाख्राहरु मासु प्रयोजनका लागी काठमाण्डौ लाने क्रम रोकिन सकेको छैन ।काभ्रेमा लामो समयदेखि दुग्ध आन्दोलनमा कृयाशिल केन्द्रीय दुग्ध उत्पादक संघका पूर्व कोषाध्यक्ष दीपकप्रसाद पौडेल सरकारी संयन्त्रले स्त्री चौपायाको वधका रोकथाम गर्ने दिशामा नलागे समस्या जटिल बन्ने बताए ।

उनले काभ्रेको पछिल्लो सान बनेको पशुपालन व्यवसायलाई समयै रोकथाम गर्न नसक्ने हो भने, समस्या ल्याउँछ पौडेलले भने ।
तत्कालिन जिल्ला पशु सेवा कार्यालयले हँचुवाका भरमा कमिशनको खेल खेल्दै पाडापाडी हुर्काउने लाखौ रकम अनुदान दिएका व्यक्तिले समेत अनुदान रकम लिएर केही महिना काम गरेको जस्तै मात्र गरेर काम छाँडेका छन् ।


तपाईको प्रतिक्रिया