बनेपा । गत साउन ७ गते बनेपामा मोटरसाइकललाई ठक्कर दिने टिपर जलाएको आरोपमा इलाका प्रहरी कार्यालय बनेपाले ३ जनालाई मुद्दा चलाएको छ । टिपरमा आगो लगाउने ३ जनालाई मुलुकी ऐनको आगो लगाउने महल अनुसार मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले बताए ।

बनेपामा भाडाको डिलर सञ्चालन गर्दै आएका सिन्धुपाल्चोक इन्द्रावती गा.पा. – ३ का उद्धव बानियाँ काठमाडाैंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । उनी टिपरमा आगो लगाएको भोलिपल्ट नै थाइल्याड पुगेका थिए भने थाइल्यान्डबाट फर्किने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

त्यस्तै घटनामा संलग्नको आरोपमा रामेछाप दोरम्बाका भीम श्रेष्ठ र काभ्रे भुम्लुका विदुर बुढाथोकी विरुद्ध पनि मुद्दा चलाइएको शाहले बेथानाचोक खबर डट कमलाइ जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बनेपाले उनीहरुमाथि अनुसन्धानका लागि अदालतबाट थप ७ दिनको म्याद लिएको छ ।


तपाईको प्रतिक्रिया