हुम्ला/ हुम्लाको हिल्सामा मनाङ एयरको ‘मनाङ ९ एनएएमडी’ हेलिकोप्टरको पंखाले लागेर आज एक जना भारतीयको मृत्यु भएको छ । सेल्फी खिच्ने क्रममा हेलिकोप्टरको पंखाले लागेर हुम्लामा एक भारतीय नागरिकको मृत्यु भएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नवीन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिनुभयो । हेलिकोप्टर अवतरण गरिसकेपछि सेल्फी खिच्ने क्रममा पछाडिको पंखाले लागेर उनको मृत्यु भएको हो।

हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटाको शव बुधबार हिल्साबाट सदरमुकाम सिमकोट ल्याइने बताइएको छ । हेलिकोप्टरमा गएका अन्य पाँच यात्रु सकुसल छन्।


तपाईको प्रतिक्रिया