साँगा । नेपाल प्रहरी स्कुल साँगाले आयोजना गरेको १२ औ अन्तर बिद्यालय ब्यटमिन्टन आज सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण राउतले खेल बाट राष्ट्रको बिकासको लागि महत्वपुर्ण रहेको बताए । खेलमा बिकास, अनुशासन सबैहुने भएकाले खेल क्षेत्रबाट धेरैकुराहरु सिक्न पाइने राउतले बताए ।

अन्तर बिद्यालय ब्यटमिन्टनमा नेपाल प्रहरी स्कुल साँग, ग्यालेक्सी स्कुल काठमण्डौ, आम पुलिस स्कुल काठमण्डौ, हिमालयन ग्लोरी स्कुल भक्तापुर, एस ओ एस पनौती, नइटिङगेल बनेपा र ग्रिसल्यड स्कुल गरि ७ बिद्यालयको सहभागि रहेको नेपाल प्रहरी बिद्यालयको सहयक प्रिन्सिपल हेम चन्दले बताए ।

साँगमा रहेको बिद्यालयमा आज भएको फाइनलमा अण्डर ११ उमेर समुहमा छात्र र छात्रा दुबैमा प्रहरी स्कुल साँगको सुरज बामती र स्मृती खडका प्रथम भएको छ । अण्डर १३ उमेर समुहमा छात्र तर्फ नेपाल प्रहरीकै सन्दीप धामी र छात्रा तर्फ ग्यालेक्सीका निमा यन्जेन शेर्पा प्रथम भएको छ । त्यसै गरि अण्डर १५उमेर समुह तर्फ नेपाल प्रहरीकै निशचल बुढाथोकी र हिमालयन ग्यालोरीका श्रेया गुरुङ प्रथम भएको छ ।

आज भएको फइनल खेलमा बिजेता छात्र, छात्राहरुलाई प्रमाण पत्र, ट्रफि, र नगद सहित प्रथम, द्धितिय र तृतीय भएकाहरुलाइ प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी कृष्ण राउत र प्रहरी स्कुलको डिएसपी श्याम अधिकारीले बितरण गरिएको थियो ।


तपाईको प्रतिक्रिया