पनौती ।  अन्तर्रा्ष्ट्रिय युवा दिवसको अवसरमा काभ्रे जिल्ला युवा समितिले आइतबार पनौती नगरपालिकाको हलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेश संसद बसुन्धरा हुमागाईको प्रमुख आथित्यमा र युवा समिति काभ्रेका उपाध्यक्ष विपिन लामाको सभापतित्वमा सम्पन्न भएको हो । उत्त अन्तरक्रियामा बोल्दै संसद हुमागाईले समाज र राष्ट्र निर्माणका लागि युवाहरु एकजुट हुनुपर्ने बताए । अहिलेको सरकारले बोकेको सपनालाई सम्मृद्ध राष्ट्र निर्माणका लागी युवाहरु एकीकृत र सृजनशिल हुनुपर्ने बताए ।
उक्त कार्यक्रममा पनौती नगरपालिकाको मेयर भिम न्यौपानेले युवा उद्यम र स्वरोजगार हुनको लागि पनौती नगरपालिकाले हरेकखालको सहयोग रहने बताए ।  सो कार्यक्रममा नेकपका नेता इन्द्र बहादुर थिङ छिन्ताङले सम्मृद्ध नयाँ नेपाल निर्माणका लागि युवाको भुमिका महत्त्वपूर्ण हुने बताए ।
उक्त अनतरक्रियामा पनौती नगरपालिकाको उपप्रमुख गिता बञ्जारा, युवा संघ जिल्ला कमिटी कोषाध्यक्ष सौगात बस्नेत, पनौतीका स्थानिय युवा जंगबहादुर जंगम लगायतको उपस्थितिरहेको थियो ।
सो अन्तरक्रिया कार्यक्रम समापन गर्दै जिल्ला युवा समिति काभ्रेका उपाध्यक्ष विपिन लामाले काभ्रेको सबै तहहरुमा युवाहरुलाई रोजगारी बन्नको लागि प्रथमिकता दिनु पर्ने बताए । अहिले धेरै जसो युवाहरु बिदेश पलायन भइरहेको छ तर उनिहरुलाई नेपालमै केहि गर्ने बतावारण स्थानिय सरकारहरुले दिएमा धेरै राम्रो हुने लामाले बताए ।

तपाईको प्रतिक्रिया