बनेपा÷ सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले अब सबै मिलेर गरिबी हटाउने अभियानमा अग्रसर बन्न आग्रह गरेका छन् । उनले आफ्नो देश आफै बनाउनु पर्ने समय आएकाले देश बनाउन र गरिबी हटाउने महाअभियानमा लाग्न अनुरोध गरेका छन् । उनले अब सबै मिलेर गरिबी बिरुद्ध लड्ने समय आएको उनले बताए ।

शनिवार धुलिखेलमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखा, सिंगापुर रेडक्रस र प्रारम्भ संस्था ललितपुरको संयुक्त आयोजनामा भएको स्थानीय तहलाई प्राथमिक स्वास्थ्य सामग्री वितरण कार्यक्रममा बोल्नुहुँदै मन्त्री बाँस्कोटाले समृद्धिका लागि गरिबी विरुद्ध लड्नु पर्ने बताए ।

उनले राष्ट्रले लिएको समृद्धको अभियानलाई साकार पार्नको लागि स्वदेशी, विदेशी नीजि तथा सहयोगीदाताहरु सबैसंग मिलेर अगाडी बढ्न आवश्यक रहेको समेत औल्याए । उनले साझा प्रयासबाट विपत्ति तथा जोखिमको समाधान हुने बताएका छन् । नेपाल सदैव विपद्को जोखिममा रहने भएकाले विपद्लाई झेल्ने बस्तीको निर्माणमा लाग्न अनुरोध

अर्थ मन्त्रालयका सचिव राजन खनालले प्राथमिक स्वास्थ्य सामग्री दैनिक जीवनसंग जोडिने कुरा भएकाले हेदा सामान्य भएपनि ठूलो अर्थ रहने बताए ।

कलाकार हरीवंश आचार्यले विपत प्राकृतिक प्रकोपले मात्रै नभई मानिसले आफ्नो जीविका चलाउने सवालमा आफैले सुरक्षित ब्यवस्थापन गर्न नसक्दा समस्या ब्यहोर्नुपरेको बताए ।

सो अवसरमा सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, कलाकार हरीवंश आचार्य र अर्थ मन्त्रालयका सचिव राजन खनाललाई नेपाल पत्रकार महासंघ काभ्रे शाखा र प्रारम्भ संस्था ललितपुरले संयुक्त रुपमा सम्मान गरिएको छ ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, पनौती नगरपालिका, नमोबुद्ध नगरपालिका, मण्डन देउपुर नगरपालिका, धुलिखेल नगरपालिका, रोशी गाउँपालिका र नेपाल पत्रकार महासंघलाई गरी कुल २ हजार ६४० थान वितरण गरिएको छ ।


तपाईको प्रतिक्रिया