के तपाईलाई हाड जोर्नी नसाको समस्या छ । छ भने तपाईहरुको सेवामा बनेपामै बनेपा हेल्थ केयर सुरु भएको छ ।

काभ्रेको व्यापारिक नगरी बनेपामा गुणस्तरिय स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले बनेपा हेल्थ केयरको स्थापना गरिएको संचालकहरुले बताएका छन् ।
काभ्रेमा यस्तो सुविधाको स्वास्थ्य संस्थाको सुरुवात भएको थिएन । काभ्रे तथा आसपासका क्षेत्रहरुमा हाड, नसा जोर्नीको समस्या समाधान गर्ने उदेश्यले स्थापना गरिएको बनेपा हेल्थ केयर सेन्टरको उद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिं वादेले गरेका छन् ।

हेल्थ केयरको उद्घाटन गर्दै मेयर वादेले बनेपामा आवश्यक रहेको हाड, जोर्नी र नसाको समस्या समाधान गराउने उदेश्यले स्थापना भएको हेल्थ केयरले धेरैभन्दा धेरै जनताले सेवा लिने आशा व्यक्त गरे । उनले बनेपावाटै काठमाण्डौंको सुविधा दिने उदेश्यले खोलिएको बनेपा हेल्थ केयरवाट धेरै जनताले सेवा लिन अनुरोध गरे ।
युवाहरुकै लगानीमा बनेपावाटै थेरापी सुविधा सहितको हेल्थ सेन्टर स्थापना गर्न पाएकोमा आफूहरुलाई खुसी लागेको हेल्थ केयरका संचालक विमल न्यौपानेले बताए ।

स्पार्क हेल्थ होमका डा. सुनिलकुमार पौडेलले बिरामीहरुको स्वास्थ्यलाई कुनै पनि असर नपार्ने किसिमले बनेपावाट सेवा सुरु गरेको बताए । हामीले बनेपा तथा आसपासका जनताहरुको स्वास्थ्यलाई ध्यानमा राखेर बनेपा हेल्थ केयरको स्थापना गरेको बताए ।
बनेपा हेल्थ केयरका अध्यक्ष सुजता अधिकारीले कमिशन रहित सहुलियतपुर्ण गुणस्तरीय स्वास्थ्य परिक्षण हाम्रो अभियान अन्तरगत बनेपा हेल्थ केयरको स्थापना गरेको बताईन् । संचालक समितिका सदस्य शिव पौडेलले संचालन गरेको कार्यक्रममा बनेपाका स्थानीयहरुको उपस्थिती रहेको थियो ।

बनेपा हेल्थ केयरको उद्घाटनको अवसरमा निशुल्क स्वास्थ्य शिविरको आयोजना तथा फूलबडी चेकअप गरिएको छ । सो अवसरमा ५ सय भन्दा धेरैले निशुल्क चेकजाँच गरिएको थियो भने दुईसय भन्दा धेरैले फुलबडी चेकअप गराएका थिए ।


तपाईको प्रतिक्रिया