बनेपा÷बनेपामा नमूना टोलको रुपमा विकास गराउने उद्घोष गर्दै बनेपा न्यू कोलनीले तेस्रो साधारण सभा सम्पन्न गरेको छ । बनेपामा नमूना बनाउनको लागि बनेपा न्यू कोलनीले हरेक दुई÷दुई बर्षमा साधारण सभा आयोजना गरि नयाँ समितिको चयन गर्दै रचनात्मक कार्यहरु गर्दैै आएको न्यू बनेपा कोलनी टोल सुधार समितिको तेस्रो साधारण सभाले प्रताप वैद्यको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको छ ।

समितिको उपाध्यक्षमा नारदानन्द ढुंगाना, सचिव दिनेश पन्थी, कोषाध्यक्ष निरोज वादे, सह–सचिव कमलादेवी दाहाल, सह–कोषाध्यक्ष गोपाल सापकोटा तथा सदस्यहरुमा धुव्र नेपाल, दीपक रायमाझी, संञ्जु घिमिरे नेपाल, सिता श्रेष्ठ, विष्णु रिमाल र कृष्णदेवी वनमाली रहेका छन् ।

कोलनीले पुण्यमाता खोलावाट हुन सक्ने डुबान नियन्त्रण गर्नको लागि तटबन्ध निर्माणको लागि नगरसँग सहकार्य गर्ने,खानेपानी समुचित व्यवस्थाको लागि सम्बन्धित निकायहरुले पहल गर्ने, सुरक्षाको लागि साईरनको व्यवस्था गर्ने, हितकारी गुठी निर्माण गर्न पहल गर्ने, करिडोरमा बाँकी रहेको जग्गामा बृक्षारोपण गर्ने र कोलनीमा बाल क्लब तथा महिला समुहको गठन गर्ने निर्णय भएको छ ।


तपाईको प्रतिक्रिया