पनौती  । पनौती न.पा.७ मा अवस्थित सिरान चौरमा अायोजित कार्यक्रममा पनौतीका युवाद्वय जंगबहादुर जंगम र सौगात बस्नेतको सहयोगमा पनौती महिला फुटबल क्लबलाई जर्सि,ट्याकसुट र मोजा वितरण गरिएको छ।

खेलकुदको माध्यमबाट महिलाहरुलाई अगाडि बढ्न प्रोत्साहन गर्ने उदेश्यले महिला फुटबल क्लबलाई सामाग्री वितरण गरिएको जनाएको छ ।

कार्यक्रममा खेलकुद सामाग्री सहयोग गरेका जंगबहादुर जंगमले भने “पहिले देखिनै यस क्षेत्रमा हुने विभिन्न सामाजिक क्रियाकलापमा अग्रसर हुदै अाएको हुनाले त्यसै कार्यलाई निरन्तरता दिदै यसपटक पनौतीको महिला फुटबल टिमलाई सामाग्री वितरण गरिएको हो र अागामि दिनमा पनि यस्ता कार्यमा अग्रसरताका साथ लाग्ने छु ।”
उपयुक्त खेल क्षेत्र र अावश्यक खेलकुद सामाग्रीको अभावमा महिला फुटबल खेलाडी सङ्ख्या अत्यन्तै कम भएकाले उनिहरुलाई प्रोत्साहन गर्न अावश्यक सामाग्री वितरण गरिएको जंगमले बताएका छन ।

महिलाहरूको क्षमता अभिवृद्धि गर्न र खेल क्षेत्रमा पनि महिला र पुरुषलाई समान अवसर प्रदान गर्न महिला खेलाडीलाई खेल सामाग्री वितरण गरिएको सौगात बस्नेतले जानकारी दिएका छन । शुक्रबार अायोजित कार्यक्रममा करिब पैंतिस हजार बराबरको सामाग्री वितरण गरिएको बस्नेतले बताए ।

शुक्रबार अायोजित कार्यक्रममा पनौती निवासी जंगबहादुर जंगम र सौगात बस्नेतबाट संयुक्त रुपमा सामाग्री वितरण गरिएको थियो । महिला फुटबल क्लबका लागि प्रतिव्यक्ति जर्सि २ थान ,मोजा , ट्याकसुट र फुटबल वितरण गरिएको हो ।


तपाईको प्रतिक्रिया