
जिवन संघर्ष हो । यहि संघर्षशील जिवनमा विभिन्न आरोह अवरोह पार गर्दै आउनुभएका धुर्वराज कंडेल, उच्च शिक्षा हासील गर्न अष्ट्रेलिया जाने विद्यार्थीहरु मध्येका एक हुन र हाल माईग्रेसन भएर अष्ट्रेलिया जानेहरुको रोजाईमा रहेको के.टि.एम. कन्सल्टीङ गु्पका संस्थापक अध्यक्ष हुन ।
पूर्खौली घर चितवन हुदै काठमाडौं र हाल अष्टेलियाको सिड्नीमा बसोबास गर्दै आएका कंडेललाई त्यो दिन पनि आज जस्तै लाग्छ जुन दिनमा विद्यार्थी भिजामा धेरै सपना र रहरहरु बोकेर अष्टेलिया पुगेका थिए ।
नयाँ शहर, नयाँ भाषा अनि नयाँ मुहारहरु बिच स्थापित रहेर उनलाई आफ्ना सपना पुरा गर्नु थियो । पक्कै पनि सोंचेको जस्तो सहज थिएन अष्ट्रेलिया भनिन्छ, संघर्षले जीवनलाई सार्थक बनाउछ । त्यहि संघर्ष, वाधा, अवरोधलाई सामना गर्दै उनले आज आफूलाई यस क्षेत्रमा स्थापित गराएका छन् । हिजो आफूले भोगेको पिडा अब आउने भाई बहिनीहरु र साथीहरुले भोग्न नपरोस भनेर के।टि।एम। कन्सल्टीङ गू्रप संचालन गरी उच्च शिक्षा र Skilled Migration भिजामा अष्टेलिया जाने विद्यार्थीहरुलाई उचित परामर्श र मार्गदर्शन प्रदान गर्दै आएका छन् ।
सबैको सहजताकोलागी उनले यस गु्रका शाखाहरु उनले नेपालका विभिन्न शहरहरुका साथै अष्ट्रेलियामा पनि स्थापना गरेका छन् । यति हुदा हुंदै पनि उनी हरुलाई भन्छु बाहिर गएर उच्च शिक्षा हसिल गर्ने, सिप सिक्ने राम्रो कुरा हो तर जिन्दगीभर बाहिरै बस्छु भन्ने मानसिकता चाहिं गराउन हुंदैन । आफ्नो ज्ञान सिप र कलाले आफ्नै माटो भिजाउनुपर्छ ।
के.टि. एम कन्सल्टिन्ङ ग्रुप कस्तो प्रकारको शैक्षिक संस्था ?
( शैक्षिक परामर्श गर्ने संस्था हो । विदेशमा विद्यार्थीलाई कलेज र युनीभर्सीटी बारेमा उचित परामर्श दिनका लागि, विभिन्न शहरहरुमा शाखा
खोलेर विद्यार्थीलाई उचित परार्मश गर्ने खालको संस्था हो । अहिले विभिन्न माद्यमबाट प्रचार प्रसार गरी नाम चम्काएर विद्यार्थी फकाएर आकर्षित गरी उचित सर सल्लाह र ब्यवस्थापन नगर्ने र बिद्यार्थीलाई अलपत्र पार्ने कामलाई निष्कृय गर्नको लागी हामिले केटिएक कन्सल्टिन्ङ ग्रुपको स्थापना गरेका हौं । अझ सहजताको लागि हामिले विभिन्न शहरमा यसको शाखा स्थापना गरेका छौं । स्वदेशमा बनेपा, हेटौडा, सिनामंगल, पोखरा अहिले विद्यमान छन् । सबैको सुलभ पहुंचको लागि यसलाई अझ विभिन्न शहरहरुमा शाखाहरु स्थापित गर्दै लैजाने हाम्रो योजना रहेको छ । शाखा निर्माणको प्रमुख उद्देश्य भनेको विद्यार्थीलाई उसकै ठाउँमा परामर्श गर्दा अझ प्रभावकारी हुने र उसलाई टाढा जानुपर्ने झन्झटबाट पनि मुक्त हुन्छन् ।
अहिले त स्वदेशमै राम्रा कलेजहरू स्थापित भइरहेका छन्, तथापि, विद्यार्थीहरू अष्ट्रेलिया उच्च शिक्षा प्रति नै आकर्षक हुनुको कारण के होला ?
–स्वदेशमा उत्कृष्ट शैक्षिक संस्था अवश्य छन् । तर विदेशमा गएर अध्ययन गर्दा उनीहरुले समय अनुकुल आधुनिक शिक्षा प्राप्त गर्ने, आत्मविश्वास बढ्ने र आफ्नो खुट्टामा आफैं उभिने क्षमता बड्दछ र अर्को, उनीहरुले विदेशमा नयाँ –नयाँ कुराहरु देख्ने, जान्ने, सिक्ने मौका पाउँछन् र सिकेको कुराहरु स्वदेशमा आएर स्थापना गरी देशको अर्थिक सामाजिक विकासमा टेवा पु-याउन सक्छन् ।
नयाँ ठाउँ, नयाँ कल्चरमा अवश्य पनि केहि असहजता हुने गर्छन । विशेष गरी भाषाको समस्याले गर्दा केही अप्ठ्यारा आईपर्छन, ठगिनुपर्ने अवस्था पनि आउन सक्छन् । आफुले सोंचे अनुरुपको काम नपाउँदा कमाई नहँदा खर्च धान्न गाह्रो हुने अवस्था पनि आउँछन, त्यसले गर्दा मानसीक भार बढ्ने पनिहुन सक्छन्, कसै कसैलाई परिवारबाट टाढा हुँदा घरायसीपिडाको पनि समस्या देखिन सक्छ ।
अष्टेलियामा गईसकेपछि पनि विद्यार्थीहरुलाई तपाईहरुको सहयोग हुन्छ ?
– अष्टेलियामा गईसकेपछि पनि विद्यार्थीको सहजताको लागि हामीले सिड्नीमा पनि यसको शाखा स्थापना गरेका छौं र क्यानबेरा, मेलवर्न लगायतका शहरहरुमा पनि शाखा निर्माणको लागी कसरत जारी छ ।
विद्यार्थीले सिक्नुपर्ने सिपमुलक विषयहरू के के हुन सक्छन् ?
– हेयर ड्रेसर, ब्युटीसियन वा होटल लाईन अथवा हस्पिटालिटि सम्बन्धी सिपसिकेर जाँदा सहज हुन्छ ।
विदेश जाने विद्यार्थीहरूको अधिकतम रोजाइ केमा छ रु कस्ता खालका राष्ट्रहरूमा जान चाहन्छन् रु विषय छनौट गर्दा कस्ता विषयहरु प्राथमिकतामा परेका छन् ?
-विशेष गरी नर्सिङ, एकाउन्टीङ, आईटी, जस्ता विषयहरु प्राथमिकतामा पर्छन । कारण के छ भने यस्ता विषयहरुमा जव ग्यारेन्टी बढी हुने, आम्दानी बढि हुने र पिआर प्रक्रियाको लागि चान्स बढी हुने हुँदा यस्ता विषयहरु प्रथमिकतामा पर्ने हुन । पिआर प्रक्रियाको सम्बन्धमा अलि कति जोड्न चाहेँ । विकसित ठाँउको रहन सहन, सेवा सुविधामा रही सकेपछि त्यहीँ जीवन बिताउने चाहना हुनु स्वभाविक नै हो तर म भन्छु त्यो गलत हो । मेरो भनाई के छ भने दुई चार बर्ष विदेशमा रमाई कमाई सकेपछि, आफुले आर्जेको धन, ज्ञान, सिप आफ्नै ठाउँमा प्रयोग गर्नुपर्छ र मसँग आउने विद्यार्थीलाई पनि म यहि सल्लाह दिन्छु ।
विद्यार्थीले कोर्स र कलेज छनौट गर्दा के–के कुरामा ध्यान पुर्याउनुपर्छ ?
-कोर्स छनोट गर्दा आफुले अध्ययन गर्ने सक्ने खालको र आफ्नो आर्थिक अवस्थाले धान्न सक्ने र त्यसको स्कोप कत्तिको छ भन्ने जस्ता कुरा ख्याल गरी कोर्स छनोट गर्नु पर्छ र कलेज छनोट गर्दा विशेषतः सिविडि एरिया तीरको कलेज छनोट गर्दा अलि सहजहुने गर्छ, र अनलाईनबाट पनि कलेजहरुको बारेमा हेर्न सकिन्छ र आफुले छनोट गरेको कलेज बारे जानकारी लिन सकिन्छ ।
विद्यार्थीले छनौट गर्ने देश र कलेजका विषयमा काउन्सलर कत्तिको जिम्मेवार हुनुपर्छ ?
-यो विद्यार्थीको भविष्यसँग जोडिएको हुनाले हामी अवश्य पनि जिम्मेवर हुनुपर्छ । उनीहरुलाई सही विषय र कलेज छनोट गर्नको लागि हामीले सहि मार्गदर्शन प्रदान गनुपर्छ । विभिन्न प्रलोभन दिएर उनिहरुलाई विचलीत गर्नु हुँदैन र यस्तै विचौलियाहरुलाई निरुत्साहित गर्नको लागि हामीले के.टि. एम कन्सल्टि ग्रुपको स्थापना गरेका हौँ ।
अष्ट्रेलिया उच्च शिक्षामा गएका विद्यार्थीहरू कमाउन तिर उन्मुख हुनु भनेको पारिवारिक प्रेसरले पनि हो र यसलाई कसरी बुझ्ने ?
-केही हदसम्म पारिवारिक प्रेसर पनि हो किनभने परिवारले रिन धन गरेर ठुलो रकम खर्चेका हुन्छन् र आफ्नो सन्तानले कमाएर घर खर्च धान्न सहयोग गरोस वा समाजमा अलि राम्रो हैसियत होस् भन्ने भावना पनि हुन्छ । यहि कारणले पनि कमाउन तिर उन्मुख हुने गर्छन् र अर्को पाटो कहीँ कतै केही लगानी गर्नको लागि भविष्यको लागि पुँजी जम्मा गर्नको लागि पनि कमाउने गर्छन् । तर यसमा मेरो भनाई के छ भने विधार्थीले आफ्नो करियरलाई फोकस गर्नुपर्छ र दिगो रुपमा सोँच्नुपर्छ ।
बजारमा अनेक प्रकार काकन्सल्टेन्सी छन्, तिनमा सहि कन्सल्टेन्सी कसरी छनौट गर्ने ?
-हो बजारमा धेरै कन्सल्टिन्ङ हरु छन् । तर जसले शैक्षिक परामर्श राम्रो दिन्छ, आफ्नो जिज्ञासाहरुको सहि मार्ग दर्शन जसले प्रदान गर्छ, जो भविष्य सम्मपनि सँगै हुन्छ र जसले गन्तब्य सम्म पनि साथ दिन्छ, त्यसलाई नै हामीले प्राथमिकतमा राख्नुपर्छ । जस्तै हामीले यहाँबाट विद्यार्थिलाई अष्ट्रेलिया पठाईसकेपछि हाम्रो के टि एम कन्सल्टिन्ङ ग्रुपको सिड्नी शाखाले उनीहरुलाई विरानो ठाउँमा अभिभावको भुमिका निभाउँछ र उनिहरुलाई त्यहाँ आईपर्ने अनेक समस्याको समाधानको लागी सधैँ तत्पर रहन्छ ।
के. टि. एम. कन्सल्टिन्ङ ग्रुपको दिर्घकालिन दृष्टिकोण के हो ?
-केटिएम कन्सल्टिन्ङ ग्रुपको दिर्घकालिन दृष्टीकोण भनेको सामाजिक सेवाहो । म आफैं पनि निकै संघर्ष गरी यो स्थानसम्म आई पुगेको हुँ । म स्वंमले भोगेको कुरा हो । अझ अहिले त धेरै सेवा सुविधा छ । केही समस्या परेमा घर परिवारसँग सल्लाह गर्ने माध्यम पनि थिएन ।
अर्काको ठाउँमा गएपनि त्यहाँ नेपाली विद्यार्थीले केही समस्यामा अल्झिन नपरोस । त्यसैकारण मैले “अष्ट्रेलियामा काम” भन्ने फेसबुक पनि सञ्चालनमा ल्याएको छु जसले हाम्रा विद्यार्थीलाई रोजेर काम गर्ने सुविधा प्रदान गर्छ ।
हामिले विद्यार्थीलाई कोठा खोजि दिने, कानुनी सहायता र परामर्श लगायतका कुनै पनि समस्या हल गर्न निशुल्क रुपमा हामिले यो सञ्जाल चलाएका हौँ । हामी भविष्यमा समाजीक सेवालाई अझ बढि फोकस गरी कार्यक्रम ल्याउनेछौँ ।
अन्त्यमा वैदेशिक उच्च शिक्षामा जाने विद्यार्थीहरुको लागि के सुझाव दिन चाहानु हुन्छ ?
-के सुझाव दिन चाहन्छु भने, अरुको लहै लहैमा लागि निर्णय लिनु हुँदैन, राम्रो सँग बुझेर या भन्नौँ अनुसन्धान र मात्र अघि बढ्नुपर्छ । सधैं अर्काको देशमा जीवन बिताउँछु भन्ने भावना राख्नु हुँदैन ।
हाम्रो देश धेरै सम्भावना बोकेको देश हो । आफुले गरेको आर्जन सिकोको सिप आफ्नै माटोमा पोखेर आफ्नै देशमा केही गर्छु, देश विकासमा टेवा पु-याउँछु भन्ने भावना लिनुपर्छ ।
for details visit our official website : www.ktmconsultingroup.com