काठमाडौं । चार पटक गर्भपतन र दुई पटक मृत बच्चालाई जन्म दिएपछि गुजरातकी मिनाक्षीले बच्चा जन्माउने सपना देख्न छोडेकी थिइन्। तर डाक्टरको सहयोगमा २७ वर्षकी मिनाक्षीको सपना पूरा भएको छ।

यूट्रस ट्रान्सप्लान्ट गराउने मिनाक्षी एसियाकी पहिलो महिला हुन् र बच्चाको जन्म त झन खास कुरा हो। डाक्टरका अनुसार यो प्रविधि सफल हुनु मेडिकल पेशाकालागि कोसे ढुंगा सावित हुनु हो।

लगातार खराब प्रेग्नेसीका कारण मिनाक्षीको युट्रस समाप्त भएको थियो। उनी आमा बन्ने संभावना थिएन। तर मिनाक्षीकी आमाले आफ्नो युट्रस मिनाक्षीलाई दिइन्। त्यसपछि युट्रस ट्रान्सप्लान्ट गरियो।

भारतसहित एसियामा यो पहिलो पटक हो जब गर्भाशयमा ट्रान्सप्लान्टमार्फत कुनै महिलाले बच्चा जन्माएको। ग्यालेक्सी केयर लेप्रोकोपी हस्पिटलका निर्देशक डा. शैलेष पुनतांबेकरका अनुसार १२ डाक्टरको टिमले आठ घण्टामा लेप्रोसकेपिक प्रविधिको सहयोगबाट यो सर्जरी सफल भएको हो।

डा. शैलेषका अनुसार युट्रस ट्रान्सप्लान्ट ती सबै महिलाकालागि बरदान सावित भएको छ, जो यस्ता समस्यामा छन् वा बच्चालाई जन्म दिन सकिरहेका छैनन्।


तपाईको प्रतिक्रिया