(अमृत ओझा) काठमाडौ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन केही समय मात्र बाकि छ । यहि महान चाडलाई लक्षित गर्दै बिभिन्न गीत संगीत बजारमा आइरहेका छन् र आउने क्रममा पनि छन ।

यसरी बजारमा आउने तीज गीतहरु बर्ष दिनमा आउने पर्वमा महिलाहरुले आफ्ना साथी संगिनिहरु व्रत बसेर एक ठाउमा भेला भएर आफ्नो दुखसुख सुनाउने गर्दथे र यो क्रम अहिले पनि चली आइरहेको छ । कला संस्कृति ,मौलिकता हासो अनि रोदन आदि शैलीबाट गितहरु गाउने चलन पहिला देखिनै आएको छ ।

सोहि क्रममा अशंख्या नारीहरुलाई बर्ष भरिको थकाई मेटाउने उदेस्यका साथ् पछिल्लो पटक लोकगायक अमृत खाती र गायिका स्मृति गौतमको संयुक्त प्रस्तुति “नाचौं घुमी घुमी” बोलको गीत सार्बजनिक भएको छ । यस गीतमा अमृत खाती र स्मृति गौतमको सुमधुर स्वर रहेको छ । यस गीतलाई लय अमृत खातीले तयार पारेका हुन् भने शब्द जिबन अर्यालको तयार पारेका हुन ।

निकै रोमान्चक सैली बाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै जोडी जमेका अनु शाह र संजिव ठकुरीको आकर्षक अभिनय सहितको नृत्य रहेको छ ।

भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् भने छायांकन प्रकाश खड्काले गरेका हुन । त्यस्तै सम्पादन भने मिलन बिस्वकर्माले गरेका हुन् ।

भिडियो हेर्नुहोस :

 


तपाईको प्रतिक्रिया