भुम्लु । केही दिनदेखिको अविरल बर्षाले देशभरीनै बाढी पहिरोको प्रकोप बढेसँगै आफ्नो निर्वाचन क्षेत्रमा के भयो होला भनेर चिन्तामा परिरहेका थिए सांसद लक्ष्मण लम्साल । उनले सुने काभ्रेको भुम्लु गाँउपालिका १ सापिङमा धेरै घर परिवार पहिरोको उच्च जोखिममा परेका छन् ।

उनीजस्तै चिन्तित थिए गाँउपालिका अध्यक्ष गुमानध्वज कुँवर । उनले वडाध्यक्ष हिमाल श्रेष्ठलाई फोन गरेर समस्याको समाधान गर्न कुनै पनि कसर बाँकी नराख्न अनुरोध गरिरहेका थिए । उनीहरुले झमझम पानी परिरहेको समयमा समेत सूचना संकलन र उद्धारको काममा सकृयता देखाए । यतीमै सांसद लम्साल र गाँउपालिकको अध्यक्ष कुँवरको मन मानेर । जिल्ला रेडक्रस काभ्रेका सभापति रघुवर चौप्रधानलाई आफ्नो निर्वाचन क्षेत्र र गाँउपालिकाको स्थलगत निरिक्षणको लागि भुम्लु जाँउ भन्ने प्रस्तावमा तीनै जना स्थलगत निरिक्षणमा निस्किए ।

भौगोलिक, आर्थिक हिसावले काभ्रेको भुम्लु गाँउपालिका विकट रहेको छ । सिन्धुपाल्चोकको चेहेरामा सवारी रोकिपछि उनीहरु पहिरो छिचिल्दै सापिङको विभिन्न बस्तीहरुमा पुगे । उनीहरुले भिमकाय पहिरोहरुलाई छिचोल्दै बस्तीसम्म पुगेका थिए । सांसद लम्सालसँग उनीहरुले घर खेत दुबै बगाएको भन्दै राहत कसरी पाउन सकिन्छ भनेर खेत र घर जोगाउन ग्याबिन जालीको माग गरे । उनले गाँउपालिकाकासँग समन्वय गरेर तत्कालै माग पुरा गराउने बताए ।

अविरल बर्षासँगै भुम्लु गाँउपालिकाका सबै बडाहरुमा पहिरोको जोखिम बढेसँगै धेरै परिवार विस्थापन भएपछि स्थानीय सेतीदेवि मावि सापिङ रिठ्ठेमा आश्रय लिएर बसेका छन् । आफ्नो बडाका स्थानीयहरुको घरखेतनै पहिरोले बगाएपछि उहाँहरुलाई कसरी सुरक्षित स्थानसम्म लान सकिन्छ भनेर प्रदेश सभाका सदस्य सांसद लक्ष्मण लम्साल, गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवर र नेपाल रेडक्रस सोसाईटी काभ्रेका अध्यक्ष रघुवर चौप्रधानले पहिरोवाट १ सय ६८ घरधुरीमा प्रभाव पारेर १३ घरधुरी विस्थापित गराएको सापिङमा पुगेर आज रेडक्रसले तत्कालै राहतको सामाग्री पुयाउन लागेको छ ।


तपाईको प्रतिक्रिया