गोर्खा । गोर्खानगरपालिका—३ नारेश्वरमा टपरी उद्योग सञ्चालनमा आउने भएको छ ।

उद्योग सञ्चालनका लागि वडा कार्यालयले स्थानीय महिलाहरुलाई तालिम दिई आबश्यक मेसिनहरु बितरण गरेको वडा सदस्य शम्भु थापाले जानकारी दिए ।

वडाले गत शुक्रबार देखि २२ जना महिलाहरुलाई तीन दिने तालिम प्रदान गरेको कार्यालयले जनाएको छ । ‘वडामा जुनसुकै कार्यक्रम हुँदापनि प्लास्टीकको प्लेट ल्याउने चलन बस्न थाल्यो’ वडाध्यक्ष राम बोगटीले भने ‘प्लास्टीकको प्लेटले एक त फोहोर हुने भयो अर्काे वडाको पैसा बाहिर जाने भयो । त्यसैले हामीले त्यलाई कमगर्न यो तालिम दिएका हौँ ।’

तालिम दिएका महिलाहरुलाई दुना टपरीको उद्योग खोल्नका लागि आबश्यक मेसिनहरुपनि हस्तान्तरण गरिएको उनको भनाई छ । ‘हाम्रो वडामा दुना टपरी बुन्नका लागि आशब्यक सालको पात प्रशस्तै पाईन्छ’ उनले भने ‘महिलाहरुलाई तालिम दिएपछि समिति गठन गरी उद्योग सञ्चालनलाई आबश्यक सामाग्री पनि दिएका छौँ ।

यसबाट तालिम लिने महिलाहरुलाई रोजगारी पनि सिर्जना हुने भयो भने उद्योग सञ्चालन हुने भएपछि वडालाई पनि आम्दानी हुने भयो ।’


तपाईको प्रतिक्रिया