काठमाडौँ । नेकपाका तल्ला कमिटी र जनबर्गीय संगठनको एकीकरण अन्तिम चरणमा पुगेको छ । पार्टीको सचिवालयले भदौ ५ भित्र सबै कमिटीमा एकीकरण गर्न निर्देशन दिए बमोजिम तयारी अन्तिम चरणमा पुगेको हो ।

यसका लागि पार्टीको सचिवालय बैठक लगातर बसीरहेको छ। बुधबार बसेको बैठकले अहिले सम्म भईरहेको एकीकरणका तयारी बारे छलफल गरेको थियो । यसका लागि आज पनि सचिवालय बैठक बस्ने भएको छ । आज अपरान्ह दुई बजे बस्ने सो बैठकले अहिले सम्म भएको एकीकरणका तयारीबारे समीक्षा गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयले यस अघि भोली सम्म सबै कमिटीले केन्द्रमा एकीकरणका सम्बन्धमा प्रतिबेदन पठाउन निर्देशन गरेको थियो । सो अनुसार सबै कमिटीेले आज र भोलीमा प्रतिवेदन पठाउने तयारी गरेका छन् । कतिपय कमिटीमा नाम र नेतृत्वमा सहमति नभए सचिवालयले त्यसको टुंगो लगाउने तयारी छ ।


तपाईको प्रतिक्रिया