
काठमाडौं । प्रधानसेनापति राजेन्द्र वहादुर क्षेत्रीको कार्यकाल सकिएपछि आजदेखी नेपाली सेनाको नेतृत्व बलाधिकृत रथि पुर्णचन्द्र थापाले सम्हाल्नु हुने भएको छ ।
प्रधानसेनापति राजेन्द्र वहादुर क्षेत्रीको कार्यकाल सकिन लाग्दा एकमहिना लामो घर विदामा बस्ने परम्परा अनुरुप थापाले सेनाको जिम्मेवारी सम्हाल्नु हुने भएको हो ।
बलाधिकृत थापा भदौ २३ गतेदेखी नेपालको ४३ औ प्रधानसेनापतिको सम्पुर्ण जिम्मेवारी सम्हाल्नु हुनेछ । प्रधानसेनापतिको कार्यकाल सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई कायममुकायम प्रधानसेनापतिमा नियुक्ति गर्नुभएको हो ।