काभ्रेपलान्चोक । काभ्रेको मण्डन देउपुर नगरपालिका–१० नारिखर्क स्थित बुधबार बिहान पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ ।

सुतिरहेको अवस्थामा अविरल वर्षाका कारण टहरा माथिबाट आएको पहिरोले १८ महिनाका दिपक तामाङ्गको पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए ।

उद्दारको लागि प्रहरी चौकी हिउवापाटीबाट प्रहरी हवल्दार कृष्ण अधिकारीको टोली बिहान ३ बजे घटना स्थल पुगेका थिए । आफ्नो नगरबासीको मृत्यु भएपछि नगरप्रमुख टोक बहादुर वाइबा र रेडक्रसको प्रमुख रघुबर प्रधान पनि बिहानै घटना स्थलमा पुगेका थिए ।

घरभन्दा सय मिटर माथिबाट आएको पहिरो र लेदोले तामाङको घर पुरिएको छ भने दुईवटा टिनको टहरा बगाएको प्रहरीले जनाएको छ । मृतकका बाबु हेम र आमा सीता भने सामान्य घाइते भएको छन् । प्रहरीले मृतक बालकको शव निकालेको छ ।


तपाईको प्रतिक्रिया