काभ्रेपलान्चोक । काभ्रेको खानीखोला गाँउपािलका वडा न . ७ मिल्चे मसाने भित्ता पारी सिसौघारिमा बागमती खोलाले रोकिएको सन्जय थिङ र बिनेश दुरुङ्च्याङ्को उद्धार भएको छ । नेपाली सेनाको हेलिकप्टरवाट उनीहरुको उद्धार भएको खानीखोला गापा–६ का वडाध्यक्ष मानबहादुर गोलेले बताए । चारै तिर बागमती खोलाले घेरिएको र बिच भागमा दुई जना रोकिएको जानकारी पाए लगत्तै काभ्रेका एसपी रविराज खड्का र सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाको पहलमा सेनाले उनीहरुको उद्धार गरेको हो ।

काभ्रे र मकवानपुरको सिमानामा पर्ने खानीखोला गाउँपालिका वडा न ७ मिल्चेमा दुई वालकहरु नदीले बनाएको विचको ढिस्कोमा बसेका थिए । बागमती नदीमा पानीको बहाब बढेपछि वारपार गर्न नसकेर उद्धारको प्रतिक्षमा बसेको वडा अध्यक्ष मान बहादुर गोलेले भने ।


तपाईको प्रतिक्रिया