काठमाण्डौं । मेची महाकाली फेमेली रोधी घर आफ्नो स्थापनाकालदेखि नै समाज सेवामा अग्रसर हुँदै आएको छ । आफ्नो स्थापनाकालको पहिलो वर्ष यो रोधी घरले वालआश्रमलाई सहयोग गरेका थिए । आफ्नो प्रथम वार्षिक उत्सबको अवसरमा यो वर्ष भने वरिष्ठ नागरिक समाज वृद्धा आश्रमलाई शनिबार सहयोग रकम १५,००५ रुपैया हस्तान्तरण गरेको छ ।

विगत एक वर्षदेखि सञ्चालनमा आएको यो फेमेली रोधी घरले आफ्नो प्रथम वार्षिक उत्सबको बिक्रिबाट उठेको जम्मा रकमको १० प्रतिशत यो वृद्धा आश्रमलाई दिने घोषणा गरेका थिए । यो रोधी घरले दुई दिन मनाएको आफ्नो वार्षिक उत्सवबाट जम्मा १,३०,००० रकम उठाएका थिए । १० प्रतिशत अर्थात रु १३,००० दिने भनिएकोमा सञ्चालिका सुनिता लामा ठकुरीले तत्काल २००५ रुपैयाँ थप्ने निर्णय गरि रु १५,००५ वृद्धा आश्रमलाई हस्तान्रण गरिएको हो ।

सो रकम मेची महाकाली फेमेली रोधी घरका सञ्चालिका सुनिता लामा ठुकुरीे तथा म्यानेजर भीम राईले वरिष्ठ नागरिक समाजका अध्यक्ष कृृृष्ण कुमार ढकाललाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण पछि वृद्धा आश्रमका अध्यक्ष ढकालले मेची महाकाली फेमेली रोधीघर साच्चीकै एउटा नमुनाको रुपमा स्थापित भएको बताउनु भयो ।

उहाले यो रोधी घर मनोञ्जनको संवाहक मात्र नभएर सबैको दुःख पिडामा मलम लगाउने एक उदाहरणीय चौतारी बनेकोमा प्रशंसा गर्नु भयो । साथै यसरी समाज सेवामुखी कार्य गरेर आज वृद्घ–वृद्घहरुका लागी अतुलनीय सहयोग रकम हस्तान्रण गर्नु भएकोमा धन्यबाद समेत ज्ञापन गर्नु भयो । साथै विगत वर्षदेखि यो रोधी घरले यस वृद्धा आश्रमलाई सहयोग गर्र्दै आएको समेत उहाले बताउनु भयो ।

धेर थोर संस्थाले सकेको सहयोग आज यो वृद्धा आश्रमलाई गर्न पाउदा सम्पूर्ण रोधी घर परिवार हर्षित भएको म्यानेजर भीम राई बताउनु भयो । आम दर्शक तथा ग्राहकहरुको माया पाएर यस संस्थाले अझै उन्नति गरेको खण्डमा फेरि पनि आगामी वर्ष यसरी नै यो वृद्धा आश्रमलाई सहयोग गर्ने अठोट समेत राईले गर्नु भयो ।

यो रोधी घरको प्रथम वार्षिक उत्सबको अवसरमा वरिष्ठ नागरिक वृद्घा आश्रममा रहेका सम्पूर्ण वृद्ध–वृद्घाहरुलाई स–सम्मान सहित सहयोग रकम तथा केही खानेकुरा समेत वितरण गरिएको बताउनु भयो । फलफूल ,जुस, तथा नगद वितरण गर्न रोधी घरको तर्फबाट सञ्चालिका सुनिता लामा ठकुरी, म्यानेजर भीम राई, ग्रुप लिडर चक्र अविरल, लगायतका कलाकार टोलीहरु पुगेका थिए ।

कार्यक्रमलाई उद्घोषण गर्दै चक्र अविरलले यस वर्ष केही सुरुआत मात्र गरिएको र आगामी दिनहरुमा रोधी घरले पनि केही प्रगती गर्यो भने १० प्रशित दिने भनेको ठाउँमा ५० प्रतिशत पनि सहयोग गर्न तयार रहेको बताउनु भयो ।


तपाईको प्रतिक्रिया