काठमाडौँ । राजधानीको काँडाघारीबाट अपहरणमा परेका एक बालकलाई छुटाउन पुगेको प्रहरीले अपहरणमा संलग्न टोलीमाथि गोली हानेको छ । अपहरित बालकलाई छुटाउन गरिएको सर्च अप्रेशनका क्रममा गरिएको ‘इन्काउन्टर’ मा दुई युवामा मारिएका हुन् ।

प्रहरीले चलाएको गोली लागेर गोपाल तामाङ र अजय तामाङ नामका दुई युवा मारिएका महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले बताए ।

सिंहका अनुसार अपहृत बालकको पनि हत्या भएको छ । उनको शव भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ७ नगदेशमा गाडिरहेको अवस्थामा भेटिएको महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख सिंहले जानकारी दिए ।

दुवैजनामाथि प्रहरीले १८ राउन्ड गोली चलाएको थियो । उनीहरु दुवैको घटनास्थलमै ज्यान गएको थियो । घटना पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौँ, अपराध महाशाख र भक्तपुर परिसरको टोली सर्च अप्रेशनमा परिचालित भएको थियो । प्रहरीले भक्तपुरको ठिमीक्षेत्रमा प्रहरी परिचालन गरी ‘सर्च एण्ड रेस्क्यू’ अप्रेशन गरेको थियो । तर प्रहरी बालकसम्म पुग्नुअघि नै उनको हत्या भइसकेको खुलेको छ ।


तपाईको प्रतिक्रिया