काभ्रेपलान्चोक । खानीखोला वडा नम्बर ७ मिल्चेको बागमती खोलामा माछा मार्दै गर्दा एकासी बाढी आएपछि २ जना बालक खोलाको बिचमा फसेका छन ।

बिहान ११ बजे देखि फसेका २ जना बालक अहिले सम्म खोलाको बिचमा अलपत्र परेका छन । अलपत्र पर्ने मिल्छे – ७ को १२ बर्षिय सन्जय थिङ र ९ बर्षिय दिनेश डि.सी रहेको छ ।

जिल्ला प्रशासन कार्यलय काभ्रेको प्रमुख कृष्ण राउत र जिल्ला प्रहरी कार्यलय काभ्रेको प्रमुख रबि राज खड्का एसपीको टोली पुगेर हेर्दा हेलिकप्टर बाहेक अरु बाट उद्दार गर्न नसक्ने बताएका छन ।


तपाईको प्रतिक्रिया