किरण थापा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा स्थित टुँडीखेलको सार्वजनिक शौचाल यव्यवस्थित नहुँदा प्रयोग विहीन भएको छ ।
विभिन्न सरकारी कार्यालयहरुले गर्ने गर्ने विभिन्न कार्यक्रमहरु पनि टुंडिखेलमा नै हुने गरेको छ । तर शौचालयको शंरक्षणमा कसैले पनि चासो देखाएको पाँईदैन ।

सदरमुकामको बसपार्कमा रहेको शौचालय पनि दुर्घन्धित र प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ । यसमा चौतारा साँगाचोकगढी नगरपालिकाले शौचालयको संरक्षण र सरसफाइमा ध्यान दिन नसक्दा यो अवस्थामा पुगेको स्थानियले बताएका छन् । टुँडीखेल वरपरका विभिन्न सरकारी कार्यालयमा आवतजावत गर्ने नागरिकहरु सार्वजनिक शौचालय भए पनि खुला ठाउँमा दिसा पिसाब गर्न बाध्य छन् । खुल्ला रुपमा दिशापिसाव गरेको कारण टुँडीखेल वरपरको क्षेत्र दुर्गन्धित बनेको छ ।

दुर्गन्ध फैलिनाले स्थानीयलाई समस्या हुनुका साथै विभिन्न रोगहरु फैलिने सम्भावना बढेको छ । सर्वसाधारणको बाक्लो उपस्थिति रहने चौताराको टुँडीखेलमा सार्वजनिक शौचालयको मर्मतमा चौतारा साँगाचोकगढी नगरपालिका मुकदर्शक भएर बसेको छ । टुँडीखेलमा भइरहेको एक कार्यक्रमका सहभागी चौतारा क्याम्पसका प्रमुख नगेन्द्र दंगाल सार्वजनिक शौचालयमा जान खोज्दा त्यहाँको अवस्थाका कारण जान सक्नुभएन ।

शौचालयको अवस्था देखेर उहाँले नगरपालिकालाई छिटो सुधार गर्न आग्रह गर्नुभयो । मानिसहरुको बाक्लो उपस्थिति रहने चौताराको टुँडीखेलमा सार्वजनिक शौचालयको अवस्थाबारे चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले आफुलाई त्यसबारेमा थाहा नभएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया